२३ भाद्र २०८३, मंगलवार
,
Latest
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व बजारमा तेलको मूल्यमा १ प्रतिशत गिरावट



अ+ अ-

टोकियोः केही महिनादेखि निरन्तर उकालो लागेको कच्चा तेलको मूल्य बुधबार १ प्रतिशतले घटेको छ ।

अमेरिकामा कच्चा तेलको भण्डारण सोचेभन्दा बढी भएपछि तेलको मूल्यमा कमी आएको हो । गएको हप्ता तेलको मूल्य सात वर्ष यताकै सबैभन्दा बढी भएको थियो ।

ब्रेन्ट कच्चा तेलको मूल्य मंगलबारको तुलनामा १.१ प्रतिशत अर्थात् ९४ सेन्टले कमी आएको थियो । मूल्यमा गिरावट आएसँगै अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ८५.४६ कायम भएको थियो ।

वेस्ट टेक्सास इन्टरमेडिएट (डब्लुटिआई) को मूल्य पनि १.२ प्रतिशत अर्थात १.०२ अमेरिकी डलरले घटेर ८३.६३ डलर भएको थियो ।

विश्वमै सर्बाधिक तेल खपत गर्ने संयुक्तराज्य अमेरिका समेतका मुलुकमा गतसाता कच्चा तेलको २३ लाख ब्यारेल भण्डार भएको अमेरिकन पेट्रोलियम इन्स्टिच्यूटले जनाएको छ ।

ब्रेन्टको कच्चा तेलको मूल्यमा लगातार आठ हप्तादेखि बढोत्तरी भइरहेको छ भने डब्लुटिआईको मूल्य पनि १० हप्तादेखि बढ्दोक्रममा छ ।

कोरोनाभाइरस महामारीका कारण तेलको उत्पादन र बिक्रीमा कमी आएसँगै मूल्यमा पनि भारी गिरावट आएको थियो । तर कोभिड खोप र नियन्त्रणका उपायहरुका कारण कोभिडको संक्रमण व्यापक रुपमा घटेपछि तेलको माग र मूल्य दुबै बढेका छन् । एपी