१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व बजारमा तेलको मूल्यमा १ प्रतिशत गिरावट



अ+ अ-

टोकियोः केही महिनादेखि निरन्तर उकालो लागेको कच्चा तेलको मूल्य बुधबार १ प्रतिशतले घटेको छ ।

अमेरिकामा कच्चा तेलको भण्डारण सोचेभन्दा बढी भएपछि तेलको मूल्यमा कमी आएको हो । गएको हप्ता तेलको मूल्य सात वर्ष यताकै सबैभन्दा बढी भएको थियो ।

ब्रेन्ट कच्चा तेलको मूल्य मंगलबारको तुलनामा १.१ प्रतिशत अर्थात् ९४ सेन्टले कमी आएको थियो । मूल्यमा गिरावट आएसँगै अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ८५.४६ कायम भएको थियो ।

वेस्ट टेक्सास इन्टरमेडिएट (डब्लुटिआई) को मूल्य पनि १.२ प्रतिशत अर्थात १.०२ अमेरिकी डलरले घटेर ८३.६३ डलर भएको थियो ।

विश्वमै सर्बाधिक तेल खपत गर्ने संयुक्तराज्य अमेरिका समेतका मुलुकमा गतसाता कच्चा तेलको २३ लाख ब्यारेल भण्डार भएको अमेरिकन पेट्रोलियम इन्स्टिच्यूटले जनाएको छ ।

ब्रेन्टको कच्चा तेलको मूल्यमा लगातार आठ हप्तादेखि बढोत्तरी भइरहेको छ भने डब्लुटिआईको मूल्य पनि १० हप्तादेखि बढ्दोक्रममा छ ।

कोरोनाभाइरस महामारीका कारण तेलको उत्पादन र बिक्रीमा कमी आएसँगै मूल्यमा पनि भारी गिरावट आएको थियो । तर कोभिड खोप र नियन्त्रणका उपायहरुका कारण कोभिडको संक्रमण व्यापक रुपमा घटेपछि तेलको माग र मूल्य दुबै बढेका छन् । एपी