३ पुष २०८२, बिहीबार
,
Latest
अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएसको आक्रमणमा दशको मृत्यु



अ+ अ-

बग्दाद। इराकको पूर्वी प्रान्त दियालामा आइएसको आक्रमणमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ । प्राप्त समाचारअनुसार सो आक्रमणमा परी अरु १२ जना घाइते भएका छन् ।

दियाला प्रान्तका प्रहरी प्रवक्ताका अनुसार उक्त प्रान्तमा आइएसका आक्रमणकारीले यहाँ पछिल्लो समयमा हिसात्मक क्रियाकलापहरु अघि बढाएकाले इराकी सेनाले कारबाही सुरु गरेको थियो । 

इराकी राष्ट्रिय सुरक्षा निकायहरुले उक्त प्रान्तमा पछिल्लो समयमा सुरक्षा व्यवस्था कडा पारेर आइएसहरुको खोजी अभियानलाई तीब्र पारेको बताएको छ । त्यसक्रममा गत हप्तामात्र पनि सो दियाला प्रान्तमा यहाँका सुरक्षा निकायहरुले गरेको कारबाहीका क्रममा आइएसका केही सदस्यको निधन भएको थियो ।

इराकी सरकारले इराकका विभिन्न स्थानमा आइएसका हिंसात्मक गतिविधीहरु बढ्दै गएको भन्दै खोजी अभियान थालेको जनाएको छ । (रासस-सिन्ह्वा)