१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्तोष साहको पुस्तक ‘अइला’ प्रकाशित



अ+ अ-

लण्डन । ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ का फाइनालिष्ट नेपाली सेफ सन्तोष साहको ‘अइला’ नामक पुस्तक प्रकाशित भएको छ । 

विश्वकै चर्चित बुक पब्लिकेशन कम्पनी ‘पेन्गुइन रयाण्डम हाउस’ (डीके) साहको पुस्तक प्रकाशित गरेको हो ।

परम्परागत नेपाली पेय पदार्थ ‘अइला’लाई सन्तोषले उत्सव एवम् खुसियालीको ‘सगून’ अर्थात प्रेमको प्रतीकका  रूपमा परिभाषित गरेका छन् । यस पुस्तकमा पनि यस्तै किसिमको भावना शेयर गर्न चाहेको सन्तोषको भनाई छ ।

विविध स्वाद र परिकारहरूको धनी हुँदाहुँदै पनि ओझेलमा परेको नेपालका तराइ, पहाड र हिमालयका नेपाली सेफ र मास्टर सेफको सङ्ग्रहको पहिलो कुक बुक हो आइला । उनको यो बुक ५२ वटा मुलुकमा प्रकाशित भएको छ ।

पुस्तकमा पाँच दर्जन भन्दा बढी तराइ, पहाड र हिमालका मेनुहरू सम्मिलित छन् भने नेपाली परिकारहरु बनाउन सकिने सरल तरिकाबारे उल्लेख गरिएको छ ।