३ श्रावण २०८३, आईतवार
,
Latest
औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन फेसबुकको डेस्कटप संस्करणमा समस्या बैंकर्सहरू भन्छन्, ‘सहकारीको नियमन गर्ने जिम्मा राष्ट्र बैंकलाई दिनुपर्छ’ सन्तनेता भट्टराईको उपाधि अमिट छ : सभापति थापा संसदीय भुमिकालाई प्रभावकारी र बौद्धिक बनाउन एमालेले विज्ञहरूको ‘रोस्टर’ र ‘क्लस्टर’ निर्माण गर्दै बालसुधार गृहको अवस्था सुधार गर्न संसदीय समितिको सरकारलाई चारबुँदे निर्देशन बाल सुधार गृहमा रहेका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउन सरकारलाई समितिको निर्देशन विष्णु पौडेल मुद्दामा अनुसन्धानदेखि अदालतको आदेशसम्म समीक्षा गर्न गोविन्द पन्थीको माग तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्तोष साहको पुस्तक ‘अइला’ प्रकाशित



अ+ अ-

लण्डन । ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ का फाइनालिष्ट नेपाली सेफ सन्तोष साहको ‘अइला’ नामक पुस्तक प्रकाशित भएको छ । 

विश्वकै चर्चित बुक पब्लिकेशन कम्पनी ‘पेन्गुइन रयाण्डम हाउस’ (डीके) साहको पुस्तक प्रकाशित गरेको हो ।

परम्परागत नेपाली पेय पदार्थ ‘अइला’लाई सन्तोषले उत्सव एवम् खुसियालीको ‘सगून’ अर्थात प्रेमको प्रतीकका  रूपमा परिभाषित गरेका छन् । यस पुस्तकमा पनि यस्तै किसिमको भावना शेयर गर्न चाहेको सन्तोषको भनाई छ ।

विविध स्वाद र परिकारहरूको धनी हुँदाहुँदै पनि ओझेलमा परेको नेपालका तराइ, पहाड र हिमालयका नेपाली सेफ र मास्टर सेफको सङ्ग्रहको पहिलो कुक बुक हो आइला । उनको यो बुक ५२ वटा मुलुकमा प्रकाशित भएको छ ।

पुस्तकमा पाँच दर्जन भन्दा बढी तराइ, पहाड र हिमालका मेनुहरू सम्मिलित छन् भने नेपाली परिकारहरु बनाउन सकिने सरल तरिकाबारे उल्लेख गरिएको छ ।