१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी विश्वकपः इंग्ल्यान्डविरुद्ध बंगलादेशले दियो १२५ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । आइसीसी टी–ट्वान्टी क्रिकेट विश्वकप अन्तर्गत अहिले बंगलादेश र इंग्ल्यान्डबीचको खेल जारी छ । 

शेख जायद स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले इंग्ल्याण्डसामु १२५ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

बंगलादेशले २० ओभरमा ९ विकेटको क्षतिमा १२४ रन बनाएको हो । बंगलादेशका लागि मुशफिकर रहिमले सर्वाधिक २९ रन जोडे । यस्तै कप्तान महमुदुल्लाहले २४ रनमा १९ रन जोड्दा नुरुल हसनले १८ बलमा १६ रन जोडे । 

यस्तै महेदी हसनले १० बलमा ११ रन जोडे भने नासुम अहमदले ९ बलमा १९ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । 

यता इंग्ल्यान्डका टिमाल मिल्सले ३ विकेट लिँदा मोइन अली र लियाम लिभिंस्टनले २–२ विकेट लिए भने क्रिश वोक्सले १ विकेट लिए ।