२३ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुक्तिनाथमा बन्ने भयो ढुंगाको सबैभन्दा ठूलो विष्णु मूर्ति, शेष घलेले गरे ५० लाख दिने घोषणा



अ+ अ-

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने प्रसिद्ध धार्मिकस्थल मुक्तिक्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो विष्णुको मूर्ति बन्ने भएको छ । यहाँ ३५ फिट अग्लो बुद्धको मूर्ति रहेको छ ।

उक्त क्षेत्रमा ढुंगाबाटै कुदेर बनाइएको बुद्धको मूर्तिकै उचाईमा ढुंगाकै मूर्ति कुदेर विष्णु मूर्ति बनाउन लागिएको हो । त्यसका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष शेष घलेले ५० लाख दिने घोषणा गरेका छन् । 

एनआरएन अमेरिकाका अध्यक्षसमेत भइसकेका सोनाम लामाले ५ करोड बढी रकम खर्चिएर बुद्ध मूर्ति बनाएका थिए । उक्त बुद्धमूर्ति अहिले धार्मिक पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको छ । ललितपुर को पाटन औद्योगिक क्षेत्रमा झण्डै ६ वर्ष लगाएर बुद्ध मूर्ति बनाइएको थियो । 
मुक्तिक्षेत्रमा रहेको सोही बुद्धमूर्ति भएकै ठाउँमा पुगेर घलेले विष्णुको मूर्ति बनाउन ५० लाख दिने घोषणा गरेका छन् । लामाले आफ्नो आमा बुवाको नामबाट उक्त रकम दिने घोषणा गरेका हुन् । 

नेपालमा बुद्ध र हिन्दु एकदमै मिलेर बसेको हर्मोनी भएको भन्दै घललेले सोही ठाउँमा विष्णुको मूर्ति बनाउनका लागि सबैलाई आह्वान पनि गरेका छन् । 

यो अभियानमा धेरै भन्दा धेरै ब्यक्तिहरुलाई सहभागी गराउन चाहेको भन्दै घलेले एक रुपैयाँ अथवा एक डलर किन नहोस्, सबैलाई अपनत्व हुने गरी सहभागी गराउनले बताए । यसका लागि सोनाम लामा र शेष घले दुई जनाले नेतृत्व गर्ने पनि बताएका छन् ।  

यो कार्य ब्यक्तिगत नभई राज्यका हुने भएकाले सरकारका तर्फबाट गुरुयोजना हुन सक्यो भने त्यहाँबाट पनि कोशिश गर्ने घलेले बताए । 

एनआरएनए पूर्व अध्यक्ष घलेले ५० लाख घोषणा गरेसँगै ब्रिटिस आर्मीका मेजर डम्मर घलेले पनि एक लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् । 

मुक्ति क्षेत्रमा रहेको उक्त विशाल बुद्ध मूर्तिलाई आफूले चन्द्रमामा बनाएको घरजस्तै ठानेको पनि घलेको भनाई थियो ।