काठमाडौ । प्रतिनिधि सभा बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने कार्यतालिका छ ।
संसद्को बैठक बस्नु अगाडी साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।