१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको १४ औं महाधिवेशन १८ दिन पर धकेलियो, नयाँ मिति मंसिर ९ देखि १३ गतेको प्रस्ताव



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्व कार्यतालिका परिवर्तन गर्न प्रस्ताव गरेको छ ।  मंसिर ९ देखि १३ गतेका लागि तय गरिएको महाधिवेशन अब मंसिर २७ गतेदेखि पुस १ गतेसम्मका लागि तय गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

१८ दिन पर सारिएको महाधिवेशन कार्यतालिका अनुसार कात्तिक २७ गते वडा अधिवेशन, कात्तिक ३० गते पालिका अधिवेशन, मंसिर ३ गते  प्रदेश सभा अधिवेशन, मंसिर ६ गते  संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते  जिल्ला अधिवेशन, मंसिर १६ र १७ सात वटै प्रदेशको अधिवेशन र  मंसिर २७ देखि पौष १ गते केन्द्रीय महाधिवेशन गर्ने गरी प्रस्ताव गरिएको छ ।

केन्द्रीय निर्वाचन समितिको बुधबार बसेको बैठकले प्रस्ताव गरको नयाँ कार्यतालिका बारेमा निर्णय गर्न सभापति देउवाले केही दिन भित्र नै केन्द्रीय कार्यसमितिको बैठक बोलाउनु हुने निर्वाचन समितिले जनाएको छ ।