३ पुष २०८२, बिहीबार
,
Latest
अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियामा मानवीय सहायताको खाँचो



अ+ अ-

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले सिरियामा आगामी जाडो याममा थप सहायताको खाँचो रहेको संयुक्त राष्ट्र संघले जनाएको छ ।सिरियाको उत्तर पश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको संयुक्त राष्ट्रसंघले यसअघि नै जनाएको थियो । संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन गिरिफिथले सिरियामा तत्कालै मानवीय सहायता आवश्यक रहेको बताउनुहुन्छ ।  

सिरियाको उत्तरपश्चिमी क्षेत्रका मानिसलाई अहिले खाना, औषधि तथा अन्य आधारभूत तथा अत्यावश्यकताका सामग्रीहरुको खाँचो रहेको कुरा गिरिफिथले बताउनुभयो । उहाँले जाडो याममा यहाँका थप नागरिक संकटमा पर्नसक्ने भन्दै  मानवीय सहायताको खाँचो रहेको बताउनुभयो । यसअघि संयुक्त राष्ट्रसंघले सिरियाको उत्तरपश्चिम क्षेत्रमा बसोबास गरिरहेका ३४ लाख नागरिकमध्ये ९० प्रतिशतलाई मानवीय सहायताको खाँचो रहेको बताएको छ ।

मानवीय सहायता प्रमुख गिरिफिथले यहाँ एक करोडभन्दा बढी मानिसमा यस्तो सहायता चाहिएको बताउनुभयो । ती नागरिकहरु सिरियामा करिब एक दशकको समयमा द्धन्द्धको चपेटामा परेका छन् ।सिरियामा अहिले आर्थिक संकट थपिएकोले यहाँका नागरिकहरु खाना र बासकै समस्यामा परेका बताइएको छ । ती क्षेत्र बढी मात्रामा द्वन्द्वग्रस्त क्षेत्रहरु पनि भएकोले गर्दा सरकारले पनि सहायता सामग्री पु¥याउन सकिरहेको छैन ।

सिरियामा सन् २०११ देखि नै राष्ट्रपति असदका विरुद्धमा जनआन्दोलन चर्किएको थियो । सिरिया लामो समयदेखि हिंसा जारी छ । जसका कारण यहाँका लाखौँ नागरिक हिंसाको चपेटमा परेका छन् । यहाँका लाखौँ नागरिक विस्थापित  हुन पुगेका छन् भने चार लाख भन्दा बढी नागरिकले गृहयुद्धमा परेर ज्यान गुमाएका छन् । (रासस-सिन्ह्वा)