१९ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले पोखरा महानगर कमिटी अध्यक्षमा दिलिप न्यौपाने



अ+ अ-

पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्षमा दिलिप न्यौपाने चयन हुनु भएको छ ।

पोखरा स्थित सभागृहमा जारी महानगर अधिवेशनले न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

सर्वसम्मत रुपमा अध्यक्ष भएपछि न्यौपानेले समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई पुरा गर्ने अभियानलाई तिब्रता दिने बताउनु भयो ।