२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत महशुुल दर घटाउने निर्णयको स्वागत



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क सम्बन्धमा विद्युत नियमन आयोगको निर्णयको स्वागत गरेको छ ।
 
विद्युत् महसुल दर घटेसँगै कोरोना महामारीका कारण संकटमा रहेका उद्योग व्यवसायलाई थप राहत पुग्ने महासंघले जनाएको छ । महासंघले विद्युत् डिमाण्ड शुल्क वृद्धि नगर्न अनुरोध गर्दै आएको थियो ।
 
डिमाण्ड शुल्क वृद्धि नगर्ने निर्णयबाट निजी क्षेत्र उत्साहित भएको उल्लेख गर्दै महासंघले यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री, मन्त्रालयका अधिकारी, विद्युत नियमन आयोग र विद्युत् प्राधिकरणलाई धन्यवाद दिएको छ ।
 
“यो निर्णयबाट आर्थिक गतिविधि विस्तारमा केहीमात्रा भएपनि सहयोग पुग्ने हाम्रो विश्वास छ”, महासंघले भनेको छ, “विद्युत खपत बढाउन औद्योगिक ग्राहकका लागि महशुुल अझ सस्तो हुुनुुपर्ने र यसले प्रतिस्पर्धी बजार सिर्जना र व्यापार घाटा न्यूनिकरणमा समेत सहयोग पुुग्ने छ ।” रासस