१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत महशुुल दर घटाउने निर्णयको स्वागत



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क सम्बन्धमा विद्युत नियमन आयोगको निर्णयको स्वागत गरेको छ ।
 
विद्युत् महसुल दर घटेसँगै कोरोना महामारीका कारण संकटमा रहेका उद्योग व्यवसायलाई थप राहत पुग्ने महासंघले जनाएको छ । महासंघले विद्युत् डिमाण्ड शुल्क वृद्धि नगर्न अनुरोध गर्दै आएको थियो ।
 
डिमाण्ड शुल्क वृद्धि नगर्ने निर्णयबाट निजी क्षेत्र उत्साहित भएको उल्लेख गर्दै महासंघले यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री, मन्त्रालयका अधिकारी, विद्युत नियमन आयोग र विद्युत् प्राधिकरणलाई धन्यवाद दिएको छ ।
 
“यो निर्णयबाट आर्थिक गतिविधि विस्तारमा केहीमात्रा भएपनि सहयोग पुग्ने हाम्रो विश्वास छ”, महासंघले भनेको छ, “विद्युत खपत बढाउन औद्योगिक ग्राहकका लागि महशुुल अझ सस्तो हुुनुुपर्ने र यसले प्रतिस्पर्धी बजार सिर्जना र व्यापार घाटा न्यूनिकरणमा समेत सहयोग पुुग्ने छ ।” रासस