१९ माघ २०८१, शनिबार
,
Latest
काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई रुखले च्यापिँदा बालकको मृत्यु सेनाको फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न एकीकृत समाजवादी : स्थायी कमिटी बैठक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनतालाई राहत उपलब्ध गराउनु सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री भट्ट



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले वर्षा र बाढीका कारण मारमा परेका जनतालाई राहत उपलब्ध गराउने विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ ।

वर्षाका कारण कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रका मारमा परेका जनतालाई क्षतिपूर्तिसहित आवश्यक व्यवस्थापनका लागि पूर्वमन्त्री बिना मगर नेतृत्वमा आएको टोलीको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले प्रभावित क्षेत्रका जनतालाई राहत उपलब्ध गराउने विषयमा प्रदेश सरकार लागि परेको बताउनुभयो । उहाँले प्राकृतिक विपत्तिले निम्त्याएको समस्या साझा समस्या भएकाले सबैले हातेमालो गरेर समस्याको समाधान गर्नतर्फ लाग्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकार तपाईंको साथमा छ, जे हामीले गर्न सक्छौँ त्यो गर्दछौँ र नसक्ने विषयमा सङ्घीय सरकारसँग समन्वय गरी अगाडि बढ्नेछौँ ।”

मुख्यमन्त्री भट्टले वर्षाले किसानको जुन बालीनाली नोक्सान गरेको छ त्यसका लागि पनि लगत सङ्कलन गर्ने काम तीव्र गतिमा भइराखेको जानकारी गराउनुभयो । पूर्वमन्त्री मगरले अविरल वर्षाले निम्त्याएको डुबान र बाढीका कारण जनताको जनजीवन निकै प्रभावित भएकाले जीवनलाई सहजीकरण गर्नका निम्ति सुदूरपश्चिम प्रदेश सरकारलाई विशेष अनुरोध गर्नुभयो ।

ज्ञापनपत्रमा किसानलगायत डुबान प्रभावित क्षेत्रका जनतालाई अविलम्ब राहत उपलब्ध गराउनुपर्ने, बाढीले प्रभावित जनताको स्वास्थ्य उपचार, बिचल्लीमा परेका नागरिकलगायत बसोबासको व्यवस्था मिलाउन, किसानलाई क्षतिपूर्तिसहित आवश्यक व्यवस्थापन गर्नुपर्नेलगायत विभिन्न माग उल्लेख गरिएका छन् । रासस