४ श्रावण २०८३, सोमबार
,
Latest
शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय बुधबारदेखि वर्षा कम हुने दर्ता नहुँदा नयाँ विधाका स्वास्थ्य जनशक्ति बेरोजगार र पलायन पछिल्ला २४ घण्टामा विपद्का ६२ घटना, दुई जनाको मृत्यु ‘जुलाई’मा औसतभन्दा कम वर्षा पूर्व–पश्चिम राजमार्गमा ‘ल्याण्डमार्क’ पुल निर्माण जारीः रतुवा पुलको भौतिक प्रगति ५० प्रतिशत सम्पन्न १५ औँ महाधिवेशनलाई सर्वसम्मत बनाउन काँग्रेसभित्र आन्तरिक संवाद जारीः उपसभापति शर्मा प्रदेश सभाहरू प्रतिपक्षविहीन हुनुहुँदैन, आवश्यक परे काँग्रेस प्रतिपक्षमा बस्न तयार छः विश्वप्रकाश शर्मा पुँजी बजारलाई सरकारको उच्च प्राथमिकता, सुधारमा तीव्रता दिने प्रधानमन्त्री शाहको प्रतिबद्धता चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस



अ+ अ-

काठमाडाैंः सरकारले भारत, बेलायत र अमेरिकाका लागि राजदूतको नाम सिफारिस गरेको छ ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भारतका लागि नेपाली राजदूतमा डा शङ्कर शर्मा, संयुक्त अधिराज्य (बेलायत) का लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रा श्रीधर खत्रीलाई नियुक्तिका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को आजको बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकले हरित ऊर्जासम्बन्धी वक्तव्यमा सहमति जनाइ हस्ताक्षर गर्न सहमति दिने तथा सुनकोसी मरिङ डाइभर्सन आयोजनाको प्रथम चरणको निर्माण कार्यका लागि वन क्षेत्र प्रयोग गर्न दिइने निर्णय पनि गरेको छ ।

यस्तै बैठकले दीर्घकालीन शून्य उत्सर्जन रणनीति राष्ट्रिय अनुकूलन योजना (२०२१–२०५०) र जलवायु परिवर्तन र त्यसको असर प्रतिवेदन स्वीकृत गर्ने निर्णय पनि गरेको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रिपरिषद्ले प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको टोलीलाई भारत भ्रमणका लागि स्वीकृति दिने तथा नेपाली सेनाको उपरथी सरोज प्रताप राणालाई रथिमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद् बैठकले महालेखा परीक्षकको कार्यालयमा रिक्त उपमहालेखा परीक्षक राजपत्राङ्कीत विशिष्ट श्रेणीमा महेश्वर काफ्ले र वामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ ।