१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएमबि र उन्नति लघुवित्तको लाभांश घोषणा



अ+ अ-

काठमाडौंः एनएमबि लघुवित्त वित्तीय संस्था र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेका छन् ।

एनएमबिले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । सञ्चालक समितिको कार्तिक ११ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २१.५० प्रतिशतले हुन आउने ११ करोड ६० लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.१३ प्रतिशतले हुन आउने ६१ लाख ८ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।

त्यस्तै, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३२ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। कार्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण हुनेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ६१ लाख ६९ हजार ७०६ रुपैयाँ ३८ पैसा रहेको छ । ३२ प्रतिशतका दरले ५ करोड ६३ लाख ७४ हजार ३०६ रुपैयाँ ४ पैसा बराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी २३ करोड २५ लाख ४४ हजार १२ रुपैयाँ ४२ पैसा पुग्नेछ।