२३ भाद्र २०८३, मंगलवार
,
Latest
कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएमबि र उन्नति लघुवित्तको लाभांश घोषणा



अ+ अ-

काठमाडौंः एनएमबि लघुवित्त वित्तीय संस्था र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेका छन् ।

एनएमबिले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । सञ्चालक समितिको कार्तिक ११ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २१.५० प्रतिशतले हुन आउने ११ करोड ६० लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.१३ प्रतिशतले हुन आउने ६१ लाख ८ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।

त्यस्तै, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३२ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। कार्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण हुनेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ६१ लाख ६९ हजार ७०६ रुपैयाँ ३८ पैसा रहेको छ । ३२ प्रतिशतका दरले ५ करोड ६३ लाख ७४ हजार ३०६ रुपैयाँ ४ पैसा बराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी २३ करोड २५ लाख ४४ हजार १२ रुपैयाँ ४२ पैसा पुग्नेछ।