काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज (शुक्रबार) दुई खेलहरु हुँदैछन् ।
सारजाहमा हुने पहिलो खेलमा वेस्ट इन्डिज र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् ।
यी दुई टिमबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
दुबै टिम आज पहिलो जितको खोजीमा हुनेछन् । दुबै टोली अघिल्ला दुई खेलमा पराजित भएका थिए ।
समूह १ मा रहेको वेस्ट इन्डिज अंक विहीन रहदै पुछारमा रहेको छ । बंगलादेश पाँचौं स्थानमा रहेको छ ।
आजै दोस्रो खेलमा पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । पाकिस्तान र अफगानिस्तानबीचको खेल राति ७स्४५ बजे सुरु हुनेछ ।
पाकिस्तान लगातार तेस्रो जितको खोजीमा हुनेछ भने अफगानिस्तान दोस्रो जितको खोजीमा हुनेछ ।
पाकिस्तान २ खेलमा ४ अंक जोडेर समूह २ को शीर्ष स्थानमा रहेको छ । यस्तै अफगानिस्तान १ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।