१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा महाभारतको लडाइँ हुँदैछ, कौरव कि पाण्डवलाई जिताउने फैसला जनताले गर्छन्ः प्रचण्ड



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनका जनताले फेरि आफूलाई नै जिताएर पठाउने दाबी गरेका छन् ।

शुक्रबार बिहान भरतपुरमा चाडपर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कतिपयले प्रचण्ड अब डराएर चुनाव लड्न अरु नै जिल्ला र निर्वाचन क्षेत्रमा जाने भनेर गरेको प्रचारमा सत्यता नभएको बताएका हुन् । 

चितवनमा अब महाभारतको लडाइँ हुने भन्दै जित कौरव कि पाण्डवको भन्ने फैसला जनताले गर्ने उनले बताए ।

प्रचण्डले भने, ‘चितवनमा फेरि एक पटक महाभारत हुँदैछ, चितवन कुरुक्षेत्र बन्दैछ । तर यसपटकको लडाइँ हिंसात्मक हुँदैन, राजनीतिक लडाइँ लडेर निरंकुश प्रवृत्तिलाई बडारेर फाल्ने मन छ।’

अध्यक्ष प्रचण्डले आफूले आगामी निर्वाचन चितवनबाटै लड्ने प्रस्ट पारे। एमालेले बुटवलमा गर्न लागेको महाधिवेशन चितवनमा सारेको विषयलाई चुनवासँग जोड्दै प्रचण्डले आफूलाई हराउने उद्देश्यले एमालेले महाधिवेशनस्थल सारेपनि त्यसबाट कुनै फरक नपर्ने उनको भनाई छ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र चितवनलाई ताकेर नै महाधिवेशन गर्न लागेको उनको आरोप छ ।