१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र शाह त्रिसरा लाउन्जमा, युवा पुस्ता संग रमाए



अ+ अ-

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणका कारण सरकारले लागु गरेको सबै प्रकारका स्वास्थ्य मापदण्ड खुला गरेसँगै काठमाडौं को रात्रिकालीन व्यवसाय पुनः सुरु भएको छ । 

काठमाडौँका रात्रिकालीन क्लब, रेष्टुरेन्ट, लाउन्ज तथा बारहरुमा मानिसहरुको भीड हुन थालेको छ । 

यसैक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह लाजिम्पाटस्थित त्रिसरा लाउन्जमा गएर मनोरञ्जन लिएका छन् । शुक्रबार राति १० बजेतिर उनी छोरी प्रेरणासहित पुगेका थिए । उनले त्यहाँ करिब सवा एक घण्टा समय बिताएका थिए । 

उनी त्यहाँ पुग्दा त्यहाँ सहभागी युवायुवतीहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ जस्ता नारा लगाएका थिए । राजतन्त्रको पक्षमा नारा लाग्दा पूर्वराजा शाह मुसुमुसु हाँस्दै भिभिआइपी कक्षतर्फ गएका थिए ।

तस्बिर : त्रिसराको फेसबुक पेजबाट।