२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र शाह त्रिसरा लाउन्जमा, युवा पुस्ता संग रमाए



अ+ अ-

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणका कारण सरकारले लागु गरेको सबै प्रकारका स्वास्थ्य मापदण्ड खुला गरेसँगै काठमाडौं को रात्रिकालीन व्यवसाय पुनः सुरु भएको छ । 

काठमाडौँका रात्रिकालीन क्लब, रेष्टुरेन्ट, लाउन्ज तथा बारहरुमा मानिसहरुको भीड हुन थालेको छ । 

यसैक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह लाजिम्पाटस्थित त्रिसरा लाउन्जमा गएर मनोरञ्जन लिएका छन् । शुक्रबार राति १० बजेतिर उनी छोरी प्रेरणासहित पुगेका थिए । उनले त्यहाँ करिब सवा एक घण्टा समय बिताएका थिए । 

उनी त्यहाँ पुग्दा त्यहाँ सहभागी युवायुवतीहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ जस्ता नारा लगाएका थिए । राजतन्त्रको पक्षमा नारा लाग्दा पूर्वराजा शाह मुसुमुसु हाँस्दै भिभिआइपी कक्षतर्फ गएका थिए ।

तस्बिर : त्रिसराको फेसबुक पेजबाट।