२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार परिसरको घटनामाथी कलाकारहरुको व्यङ्ग्य प्रहार



अ+ अ-

काठमाडौं । नेपाल बार एशोसिएसन परिसरमा दुई जना कानूनी व्यवसायीबिच भएको कुटाकुटबारे कलाकार तथा निर्माता दीपकराज गिरीले कटाक्ष प्रहार गरेका छन् । कलाकार तथा निर्माता गिरीले घटनाको कटाक्ष गर्दै  ‘बार’को अगाडि रेष्टुरेन्ट शब्द थप्ने हो कि भनेर लेखेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कलाकार तथा निर्माता गिरीले ''क़ानून ब्यबसायीहरू को संस्था “बार” को अगाडि “रेष्टुरेन्ट “शब्द पनि थप्ने हो कि रु त्यसपछि रेष्टुरेन्ट एन्ड बार हुन्थ्यो
जति कुटाकुट गरे पनि भो'' भनेका छन् । त्यस्तै सोही घटनाबारे हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुडा) ले पनि आफ्नो भनाई राखेका छन् । उनले पनि सामाजक सञ्जाल फेसबुकमा स्ट्याटस् लेख्दै भनेका छन् ''नेपाल बार नाम राखेचन् , नेपाल वार राख्नु परो'' । 

आज (शुक्रबार) दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद निम्तिँदा बार एशोसिएसन परिसरमै कुटाकुट भएको हो ।

उनीहरुबिच भएको कुटाकुटको भिडियो यतिबेला चारैतिर भाईरल भईरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरिररहेकाको अवस्थामा सो विषयमा भनाभन हुँदा दुईबीच कुटाकुट भएको बताइएको छ । 

भिडियो हेरौं: