१९ भाद्र २०८३, शुक्रबार
,
Latest
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागी नियन्त्रणमा आउन नसक्दा हेलिकप्टरबाट पानी हालिँदै



अ+ अ-

तनहुँ । तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । बिहान १० बजेदेखि लागेको तीन घण्टा हुँदा पनि नियन्त्रणमा लिन नसकिएको हो । 

भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगलागीले नजिकका घरमा पनि क्षति पु-याएको छ । व्यास नगरपालिकाका साथै पोखराबाट आएको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ । 

सिम्रिक इयरको हेलिकप्टरले पानी आकाशबाट पानी झारेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा हेलिकप्टर मगाइएको हो । मन्त्री श्रेष्ठ मादी नदीमा बसेर पानीको व्यवस्था मिलाइरहनुभएको छ । 

 प्रहरीका अनुसार अहिलेसम्म मानवीय क्षति भने भएको छैन । प्रहरी नायब उपरीक्षक युवराज खड्काले आगो निभाउने प्रयास भइरहेको बताउनुभयो । “कति घरमा क्षति भयो भन्न अहिले सकिने अवस्था छैन”, उहाँले भन्नुभयो । आगलागी नियन्त्रणका लागि चापाघाटस्थित कालीभन्जन गण (इ), नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागिपरेका छन् ।