११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिनै तहको निर्वाचन एकै पटकमा गर्दा राष्ट्रको सम्पति जोगिन्छ: अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले तिनै तहको निर्वाचन एकै पटकमा गर्दा राष्ट्रको सम्पति जोगिने बताउनुभएको छ । पार्टी कामको शिलशिलामा पोखरा पुग्नुभएको अध्यक्ष नेपालले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकैपटक गर्न सके खर्च कम हुने बताउनुभएको हो । उहाँले एकैपटक तिनै तहको निर्वाचन गराउन सके राष्ट्रको सम्पति जोगिने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘मिल्छ कि मिल्दैन छलफल गर्नुपर्ला । यो सबै चुनाव एकैचोटी गरिदिनुपर्छ कि क्या हो लाग्छ । लोकल चुनाव, प्रदेश सभा, प्रतिनिधि सभाको चुनाव पनि । खर्च पनि कम हुन्थ्यो । राष्ट्रको सम्पति पनि, निर्वाचनको खर्च पनि धेरै जोगिन्थ्यो होला । यसमा कुनै कानुनी अड्चन छ कि छैन थाहा छैन । तर मेरो दिमागमा के आइराछ भने एकचोटी एउटा चुनाव, अर्कोचोटी गर्दाखेरी धेरै खर्च हुँदोरहेछ । त्यसको कानुनी जटिलता केही छ कि, होइन भने त्यही बाटोमा किन नजाने भन्ने कुराहरु मलाइ लागेको छ ।’

अध्यक्ष नेपालले आफ्नो समुह छाडेर एमालेमा बस्ने नेताहरुको हरिबिजोग हुने बताउनुभयो । एमालेमा कुनै नीति र विधि नभएको उल्लेख गर्दै उहाँले त्यहाँ रहनेहरु नीजि कम्पनिको सदस्यका रुपमा रहने जिकिर गर्नुभयो । केपी ओलीप्रति बफादार नहुनेहरुको हरिबिजोग हुने उहाँको तर्क छ । उहाँले भन्नुभयो – ‘मैले पटक पटक भनेको थिए, बालुवा पेलेर तेल निस्कनेवाला छैन । आज सुधारौला भनेर गएका साथीहरुको हरिबिजोग भइरहेको छ । देखिरहनु भएको छ । उहाँको९ओली० आफ्नै नीति र विधि छ । त्यसमा बसेका मान्छे उहाँको नीजि कम्पनिका सदस्यका रुपमा रहन बाध्य हुनेछन् । त्यो कुनै सामुहिकताको सिद्धान्तबाट चल्दैन । त्यसले कमिटी प्रणालीलाई पालना गर्ने छैन । त्यहाँ केपी ओलीप्रति बफादार हुनेसँग बस्न पाइन्छ । बफादार भएन भने उसको हरिबिजोग हुनेछ ।’

उहाँले एमाले छाड्नेहरुको भविष्य सुरक्षित रहने पनि बताउनुभयो । एमालेमा बस्नेहरुको भविष्य नभएको भन्दै उहाँले अब एमालेलाई टर्च बालेर खोज्नुपर्ने स्थिति आउने बताउनुभयो । ओलीसँगै एमालेपनि सकिने उहाँको भनाई छ ।