१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयातित बिलेटमा अन्तशुल्क बढाउने सरकारको नीतिगत निर्णय मान्य नहुने



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले स्वदेशी स्टिल उद्योगलाई धराशायी बनाउने गरी आयातित बिलेटमा अन्तशुल्क बढाउने सरकारको नीतिगत निर्णय मान्य नहुने चेतावनी दिएका छन । 

सांसदहरु प्रकाश रसाईली, भिमसेनदास प्रधान र प्रमोद साहले स्वदेशी स्टिल उद्योगलाई धराशायी बनाउने गरी आएको सो नीति तत्काल फिर्ता नलिए अर्थमन्त्री जनार्दन शर्मालाई माफी नदिन नसकिने स्पष्ट पार्नु भयो । सांसद रसाईलीले सरकारले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत् ल्याएको सो नीतिले स्वदेशी स्टिल व्यवसायलाई धराशायी बनाउने सुनिश्चित भएको भन्दै आक्रोश व्यक्त गर्नु भयो । शुक्रबार सिंहदरमा बसेको उद्योग तथा वानिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उहाँले भन्नु भयो, ‘स्टिल व्यवसायलाई धराशायी बनाउने गरी सरकारले निर्णय गरेको छ । यसमा अर्थमन्त्रीज्यूलाई हाम्रो समितिको तर्फबाट कुनै आममाफी पनि हुँदैन । उहाँले के गर्नु हुन्छ, त्यो कुरालाई चाँही हामीले महत्वपूर्ण ढंगले हेर्नु पर्दछ ।’

अर्का सांसद भिमसेनदास प्रधानले सरकारले स्वदेश स्टिल उद्योगलाई हतोत्साही बनाउने गरी नीति सरकारले ल्याएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले स्वदेशी उद्योगलाई धराशायी बनाउने र रोजगारी सृजना गरिरहेका ती उद्योगहरु चल्न नसक्ने गरी आयातित बिलेटमा अन्तशुल्क बढाउने गरी सरकारले भारतपरस्त नीति ल्याएको आरोप समेत लगाउनु भयो । उहाँले भन्नु भयो, ‘आफ्नो राष्ट्रिय उद्योगलाई धराशायी पार्ने अनि नीतिलाई ईन्डियनमुखि हुने भयो के । यो इन्डष्ट्री जसले रोजगारी दिईरहेको छ, तर स्वदेशी उद्योगलाई प्रोत्साहित गर्ने खालको नीति आउनुपर्नेमा हतोत्साही बनाउने नीति आउने रु यो सेटिङ जस्तो लाग्यो मलाई भ्रष्टचारको । होस नहोस्, आफू बनोस भन्ने यस खालको नीति मान्य हुनेछैन ।’

२४ वटा स्वदेशी स्टिल उद्योगलाई धराशायी बनाउने गरी ल्याएको सो नीति कुनै पनि हालत मान्य नहुने सांसद प्रमोद साहले बताउनु भयो । उहाँले मन्त्रालयका अधिकारीहरु आफैले स्विकार गर्न नसक्ने सो निर्णय नेपालको स्वदेशी स्टिल उद्योगीहरुले कसरी स्विकार गर्न सक्छन भनि सरकारसँग प्रश्न गर्नु भयो । सांसद साहले भन्नु भयो, ‘३० वटा उद्योगमध्ये २४ वटा उद्योगलाई धरासायी बनाउने गरी जुन नीति बनायौं । यो कुनै पनि हालतमा आम पब्लिकका लागि र खासगरी स्वदेशी उद्योगीहरुका लागि यो राम्रो कुरा होईन । मन्त्रालयका सहसचिव समेतलाई स्विकार्य नहुने सो नीति कसरी उद्योगीहरुले स्विकार गर्न सक्छन ?’

पञ्चकन्या स्टिल प्रालिका प्रबन्ध निर्देशक प्रदिपकुमार श्रेष्ठ र साखः स्टिलका प्रबन्ध निर्देशक किरणप्रकाश साखःले स्वदेश स्टिल उद्योगमा वार्षिक करिव ३० अर्व नोक्सान हुने गरी सरकारले नीति ल्याएको भन्दै आपत्ति जनाउनु भयो । साखः स्टिलका प्रबन्ध निर्देशक साखःले स्वदेशी उद्योगमा अर्बौको नोक्सान हुने गरी अन्तशुल्क बढाउने सरकारको निर्णय तत्काल फिर्ता लिने वातावरण बनाउन पनि समितिसँग माग गर्नु भयो ।

प्रबन्ध निर्देशक साखःले सरकारले स्वदेशी स्टिल उद्योगको विकासका लागि चासो नदिएको आरोप समेत लगाउनु भयो ।