२३ भाद्र २०८३, मंगलवार
,
Latest
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको १० औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाइयो



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या १ हजार ९ सय ९९ पु¥याउने निर्णय गरेको छ । 

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा शुक्रबार बसेको पार्टी केन्द्रिय कमिटी बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाएर १ हजार ९ सय ९९ पु¥याउने निर्णय गरेको हो । 

पार्टीका केन्द्रिय सदस्यहरुले प्रतिनिधिसंख्या बढाउने प्रस्ताव गरेपछि करिव ४ सय थप गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिनु भयो । बैठकले आगामी कार्तिक २७ गते देशभर एकैसाथ प्रतिनिधि चयनका लागि निर्वाचन गर्ने कार्यक्रम पनि तय गरेको छ । त्यसैगरी बैठकले महाधिवेशन मूल व्यवस्थापन कमिटीमा २ सदस्य थप गरेर २३ सदस्य पु¥याउने निर्णय पनि गरेको छ । पार्टी स्थायी कमिटीका सदस्य रघुजी पन्त र कार्यालय सचिव शेरबहादुर तामाङलाई पनि महाधिवेशन मूल व्यवस्थापन कमिटीमा थप गर्ने निर्णय गरिएको प्रवक्ता ज्ञवालीले बताउनु भयो ।

एमालेले महाधिवेशनमा प्रयोग गर्ने विद्युतीय मतदान मेशिनको पनि परीक्षण गरेको छ । सो मेशिनको परीक्षण गर्दै बैठकले त्यसलाई महाधिवेशनका प्रयोग गर्ने निर्णय पनि गरेको हो । प्रवक्ता ज्ञवालीले भन्नु भयो, ‘१० औं राष्ट्रिय महाधिवेशनमा २ जना थप गरेर २३ सदस्य बनाउने निर्णय गरिएको छ । थप भएका सदस्यहरुमा स्थायी कमिटी सदस्य कमरेड रघुजी पन्त र कार्यालय सचिव शेरबहादुर तामाङ हुनुहुन्छ । यसरी हाम्रो मूल व्यवस्थापन कमिटी २३ सदस्यीय भएको छ । यसको अलावा हामीले स्थायी कमिटी बैठकबाट १५ सय प्लस प्रतिनिधि प्रस्ताव गरेका थियौं । 

तर केन्द्रिय कमिटीका सदस्य साथीहरुले अलिकति प्रतिनिधित्व बढाउनु पर्छ भनेर व्यापक सुझाव दिनु भएको छ । र केन्द्रिय कमिटीका सदस्यहरुको सुझावको आधारमा अरु १० औं महाधिवेशनको प्रतिनिधिहरुको संख्या १९९९ हुनेछ । अर्थात करिव ४ सय सदस्यहरुको संख्या यसबीचमा थप्ने केन्द्रिय कमिटीबाट निर्णय भएको छ । हामीले सबै क्षेत्रहरुमा कार्तिक २७ गते प्रतिनिधि निर्वाचन गर्नेछौं । प्रतिनिधि निर्वाचनको निम्ति कार्तिक २७ गतेको मिति तोकिएको पनि यहाँहरुलाई जानकारी गराउँदछु । चौथो १० औं महाधिवेशनमा प्रयोग हुने विद्युतीय मतदान मेशिनको हामीले परीक्षण पनि ग¥यौं । यसको डेमो पनि भयो र यसलाई प्रयोग गर्ने निर्णय समेत हामीले गरेका छौं ।’

बैठकले पार्टीको अर्काे केन्द्रिय कमिटीको बैठक आगामी मंसीर ९ गते महाधिवेशनको अघिल्लो दिन चितवनको सौरहामा गर्ने निर्णय पनि गरेको एमालेले जनाएको छ । बैठकमा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनलाई भव्यताका साथ सफल बनाउन पार्टीका नेता, कार्यकर्ताहरुलाई आह्वान गर्नु भएको छ । उहाँले बाँकि रहेका पार्टीको वडा र पालिका अधिवेशन छिटो सम्पन्न गर्न पनि सम्बन्धित कमिटीका नेताहरुलाई सचेत गराउनु भएको पार्टीका प्रवक्ता ज्ञवालीले बताउनु भयो ।