१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी

मिथिला संस्कृति वैभवपूर्णः मुख्यमन्त्री पोखरेल

मिथिला संस्कृति वैभवपूर्णः मुख्यमन्त्री पोखरेल
अ अ+ अ-

महोत्तरी । मधेस प्रदेशको मैत्रीपूर्ण तीन दिने सद्भावना भ्रमणमा रहनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मिथिला सभ्यता र संस्कृति अनुपम र गौरवपूर्ण भएको बताउनुभएको छ । 

 

भ्रमणको दोस्रो दिन आज आइतबार महोत्तरीको बर्दिबास पुग्नुभएका पोखरेलले  भ्रमणको अनुभव साट्दै मधेस धार्मिक पर्यटनको केन्द्र रहेको बताउनुभएको हो । मुख्यमन्त्री पोखरेल नेपाल होटल पर्यटन व्यवसायी सङ्घ, बर्दिबासका उद्यमी व्यवसायी र सञ्चारकर्मीसँग परिचयात्मक कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

“मैले मधेश प्रदेशका प्राचीन मिथिलाका धार्मिकस्थलको नजिकबाट अवलोकन गरें”, उहाँले भन्नुभयो, “यहाँ धार्मिक पर्यटन विकासको प्रचुर सम्भावना रहेछ ।” जनकपुरधामका जानकी मन्दिर, राममन्दिर, मणिमण्डप, जनकमन्दिर र धनुषाधामको अवलोकन गर्नुभएका मुख्यमन्त्री पोखरेलले शनिबार जनकपुरदेखि कुर्थासम्म रेलयात्रा गरेको रमाइलो अनुभव सुनाउनुभयो । 

संसारका सबै ठाउँमा अतिथि सत्कारको परम्परा भए पनि मिथिलाको भने विशिष्ट रहेको उहाँको भनाइ छ । “रेल पछिल्लोकालमा थुप्रै नेपालीको मनमा रहेको सपना छ, अब चाँडै आम जनताले यो सेवा पाउने सम्भावना देखें”, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “मधेशमा अन्न उत्पादन, पशुपालनसँगै धार्मिक पर्यटन विकास गर्नसके समृद्धि प्राप्त हुने अवस्था छ ।” विदेहराज जनकको कर्मभूमि, याज्ञवल्क्य, गार्गीसहितका विद्वान, विदूषिको तपोभूमि हुनुको गर्विलो इतिहास मधेशसँग रहेको उहाँले स्मरण गर्नुभयो ।

मधेश प्रदेश सरकारको निमन्त्रणामा शनिबार पोखरा–जनकपुर हवाई यात्राको शुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेल जनकपुर आइपुग्नु भएको हो । शनिबार प्रारम्भ भएको जनकपुर–पोखरा हवाई सेवा बुद्ध एयरले सातामा तीन दिन दिने भएको छ । आफ्नो भ्रमणमा गण्डकी र मधेश प्रदेशबीच धार्मिक पर्यटकीय सर्किट विकास र आपसी सद्भाव एवं समन्वय मुख्य छलफलका विषय बनेका उहाँले बताउनुभयो । 

मुख्यमन्त्री पोखरेलले बर्दिबास–५ स्थित श्री टुटेश्वरनाथ महादेव मन्दिरको दर्शन र बाराको गढीमाई मन्दिर अवलोकन पनि आजै गर्नुहुने कार्यक्रम छ । मुख्यमन्त्री पोखरेल सोमबार गण्डकी फर्कनुहुनेछ ।