२३ भाद्र २०८३, मंगलवार
,
Latest
कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–ट्वान्टी विश्वकपः वेष्ट इन्डिजद्वारा बंगलादेश ३ रनले पराजित



अ+ अ-

काठमाडौंः आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा वेष्ट इन्डिजले  बंगलादेशलाई तीन रनले पराजित गरेको छ ।

जितका लागि वेस्ट इन्डिजले १४३ रनको लक्ष्य दिए पनि बंगलादेशले २० ओभरमा १३९ रन मात्र बनाएको थियो । बंगलादेशले राम्रो खेलिरहे पनि अन्तिम समयमा आवश्यक रन बनाउन चुकेको थियो ।

बंगलादेशका लागि लिटोन दासले सर्वाधिक ४० तथा कप्तान महमुदुल्लाहले नटआउट ३१ रन बनाएका थिए ।  

यसअघि पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभमा ७ विकेटको क्षतिमा १४२ रन बनाएको थियो । वेष्ट इन्डिजका निकोलास पुरनले २२ बलमा ४० रनको योगदान दिए । उनले १ चौका र ४ छक्का प्रहार गरे ।

रोस्टन चेजले ४६ बलमा ३९ रन जोडे भने जेसन होल्डरले ५ बलमा १५ रन जोडे ।

यस्तै कायरन पोलार्ड १८ बलमा १४ रन बनाउँदै पेभिलियन फर्किए भने एन्ड्रे रसेल शून्य रनमा आउट हुन पुगे । बंगलादेशका  महेदी हसन, मुस्ताफिजुर रहमान र सोरीफुल इस्लामले २–२ विकेट लिए ।

यो जितसँगै वेस्ट इन्डिजले पहिलो जित निकाल्दै २ अंक जोडेको छ भने तीन खेल खेलेको बंगलादेशले कुनै पनि खेल जित्न सकेको छैनन् । एजेन्सी

समूह क खेल अंक समूह ख खेल. अंक.
इङल्यान्ड अफगानिस्तान
अस्ट्रेलिया पाकिस्तान
दक्षिण अफ्रिका भारत
वेस्ट इन्डिज न्यूजील्यान्ड
श्रीलंका स्कटल्यान्ड
बंगलादेश नामिबिया