
तनहुँ । तनहुँको दमौलीस्थित एक हार्डवेयर पसलमा लागेको आगो करिब नियन्त्रणमा आएको छ ।
बिहान १० बजेदेखि लागेको आगो निभाउन हेलिकप्टरको सहायताबाट पानी खन्याइएको थियो ।
साथै, आगो निभाउन व्यास नगरपालिकाको दमकल, मुग्लिङ–पोखरा सडक आयोजनाको ट्याङ्करसँगै निजी ट्याङ्कर पनि प्रयोग गरिएको थियो ।
क्षतिको विवरण आएको छैन । विद्युत् लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।
तस्बिरः मदन तिमल्सेना