२३ भाद्र २०८३, मंगलवार
,
Latest
सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य राष्ट्रसङ्घको ८१ औँ महासभामा सुरु हुँदै जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पनामाको नाइट क्लबमा गोली चल्दा पाँच जनाको मृत्यु



symbolic photo
अ+ अ-

एजेन्सी । पनामा सिटीको एक नाइटक्लबमा स्थानीय गिरोहहरूबीच गोली हानाहान हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।

पनामाका राष्ट्रिय प्रहरी आयुक्त रिकोर्टे डे ला एस्पाडाले ट्वीटरमा उल्लेख गरेअनुसार आज बिहान एस्पेसियो पानामा नाइट क्लबमा दुर्भाग्यपूर्ण घटनाहरू भएका थिए, जसमा पाँच व्यक्तिको मृत्यु भएको थियो र छ जना घाइते भएका थिए। घटनाहरू आपराधिक गिरोहहरू बीचको भिडन्तको परिणाम भएको जनाइएको छ।

प्रहरीले यसअघि नै दुई जनालाई पक्राउ गरिसकेको छ र क्लबमा भएको घटनासँग जोडिएको कार र हतियार बरामद गरेको छ।