६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुलाङ–गुर्जा सुरुङमार्गको प्रारम्भिक सर्वे रोकियो



अ+ अ-

गलेश्वर । लागत खर्च जुटाउन नसकेपछि म्याग्दीको अति विकट गुर्जा जोड्न प्रस्ताव गरिएको लुलाङ–गुर्जा सुरुङ मार्गको प्रारम्भिक सर्वेको काम रोकिएको छ ।

लुलाङको ओढादेखि गुर्जाको लट्टेवानसम्मको २.६ किलोमिटर सुरुङ मार्गका लागि रु दुई अर्ब छ करोड लाग्ने र सो रकम जुटाउन सक्ने अवस्था नभएपछि प्रारम्भिक सर्वेको काम नै रोकिएको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष भकबहादुर छन्त्यालले बताउनुभयो ।

“सुरुङ मार्गको सर्वे अत्यधिक लागतका कारण प्रक्रियामा नै लैजान नसकिँदा अहिले अवरुद्ध भएको छ, सुरुआती प्रक्रियामा मात्रै रु साढे चार लाख खर्च भएको छ”, वडाअध्यक्ष छन्त्यालले भन्नुभयो, “स्रोत जुटाउन नसक्ने अवस्था देखिएपछि सुरुङ मार्ग सर्वेको काम अगाडि बढाउन सकिएन, सुरुङ मार्ग यहाँका लागि अति महत्वपूर्ण भए पनि आर्थिक अभावका कारण योजनाबाट नै हटाउन बाध्य भयौं ।” 

जिल्लाकै अति विकट गुर्जा गाउँमा सडक सञ्जालको विकल्पका रुपमा लिइएको सुरूङमार्गका बारेमा प्रदेश र सङ्घीय सरकारमा समेत जानकारी गराइए पनि चासो नदेखाएको वडाध्यक्ष छन्त्यालले बताउनुभयो ।

प्रारम्भिक सर्वेको जिम्मा पाएको स्टन्थ डललर्प प्रालिका इञ्जिनीयर कृष्ण गौतमको टोलीले पटक–पटक गरेको स्थलगत अनुगमनका आधारमा लुलाङदेखि गुर्जासम्मको पहाडमा भूकम्प र पहिराको सम्भावनासमेत रहेको बताएको थियो ।

फिजिविलिटी अध्ययनमा प्रस्तुत गरिएको लागतमा जलविद्युत्को टनेलको आकारमा एक मिटरलाई सुरुङ बनाउन रु १० लाख लागत लाग्ने देखिएको वडाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । तत्काल छिमेकी वडाबाट सडक विस्तार गर्न सकिने अवस्था नभएकाले वडाध्यक्ष छन्त्याल उक्त प्रस्तावलाई  गाउँपालिकाबाट पारित गराइ प्रारम्भिक सर्वेको प्रक्रियाका लागि बजेटसमेत  विनियोजन गर्न सफल हुनुभएको थियो ।

गुर्जा सदरमुकाम बेनीबाट करिब २६ कोष टाढा रहेको छ । लुलाङबाट देउरालीको उकाली ओराली हुँदै गुर्जा पुग्न आठ घण्टा लाग्ने गर्छ । यस्तो दुर्गम ठाउँलाई सुरङ मार्गमार्फत करिब आधा घण्टाको दूरीमा जोड्न सकिने सम्भावना रहेको भए तापनि लगानीको अभावका कारणले हात झिक्नुपर्ने अवस्था आएकामा अध्यक्ष छन्त्यालले दुःख व्यक्त गर्नुभयो ।