१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी

माओवादीको केन्द्रीय समिति बैठक स्थगित

माओवादीको केन्द्रीय समिति बैठक स्थगित
अ अ+ अ-

काठमाडौं । पदाधिकारी चयनमा सहमती जुटाउने प्रयास असफल भएपछि आज (आईतबार) बोलाइएको नेकपा (माओवादी केन्द्र)को केन्द्रिय समिति बैठक भोलीसम्मका लागि स्थगित गरिएको छ । 

पार्टीको पदाधिकारी चयनलगायतका विषयमा सहमती नजुटेपछि भोली बिहान ११ बजेसम्मका लागि पार्टी केन्द्रिय कार्य समितिको बैठक स्थगित गर्ने निर्णय गरिएको पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिनु भएको हो । बैठकका लागि तोकिएको स्थान अनुपम फुडल्याण्डमा उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै महाधिवेशनको म्यान्डेट अनुसार पदाधिकारी चयनका लागि तयारी पूरा नभएको र संसद बैठक पनि परेकाले आज बोलाइएको केन्द्रिय समिति बैठक भोलीसम्मका लागि स्थगित गर्नु परेको स्पष्ट पार्नुु भयो । 

गत फागुन २० गतेबाट सुरु भएको केन्द्रिय समितिको आजको बैठकमा पार्टीको पदाधिकारी, स्थायी समिति, पोलिटव्यूरो र केन्द्रिय सदस्यहरुको मनोनित गर्ने एजेन्डा तय गरिएको थियो । तर त्यो होमवर्क पूरा हुन नसक्दा आजको बैठक स्थगित हुन पुगेको पार्टी कार्यालयका मुख्यसचिव ढकालले बताउनु भयो । उहाँले भन्नु भयो, ‘अलिकति तयारी नपुगेको कारणले गर्दा आज ११ बजे हुने भनिएको बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो । आज फेरी १ बजेका लागि संसद पनि भएको कारणले होमवर्क पनि यता पूरा भएन । तयारी पनि कम्प्लेट हुन सकेन । उता, संसद पनि अवरोध भएको कारणले गर्दाखेरी आजको बैठक स्थगित भएको छ । र, भोली यही अनुपम फुडल्याण्डमा बस्नेगरी आजको बैठक स्थगित भएको छ ।’

यसैबीच, नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य हिमाल शर्माले अन्तिम समयमा आएर पार्टी केन्द्रिय समितिको बैठक स्थगित गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ । उहाँले पदाधिकारी चयनमा कुरा नमिले तत्काल केन्द्रिय समिति बैठकमा ल्याएर सहमती गर्न पनि पार्टीको नेतृत्वसँग माग गर्नु भयो । शर्माले एमसीसीबारे बैठकमा समिक्षा गर्ने र धेरै जित्यौं भन्ने पक्षमा आफू नरहेको पनि स्पष्ट पार्नु भयो । उहाँले भन्नु भयो, ‘बारम्बार यसरी केन्द्रिय समिति बैठक बोलाएर स्थगित हुने कुरा राम्रो होइन । त्यहाँ, नेताहरुबीच भएका, नमिलेका कुराहरु के–के हुन ? नेताहरुले केन्द्रिय समिति बैठकमा ल्याउनुप¥यो भन्ने माग म गर्न चाहन्छु । त्यहाँ जोडकोण कहाँ मिलेको छैन । केन्द्रिय समिति भनेको के हो त ? आएर बैठकमा राख्नु प¥यो, त्यहाँ नमिलेका कुरा । जहाँसम्म एमसीसीको कुरा राख्नु उठाउनु भयो । त्यसको समिक्षा गर्छौ । तर एमसीसीमा धेरै जित्यौं भन्नु हुँदैन ।’

अर्का केन्द्रिय सदस्य दलजीत विक श्रीपालीले एमसीसीलाई देखाएर पार्टी भित्र विभाजनको रेखा नर्कोर्न नेता नारायणकाजी श्रेष्ठलाई चेतावनी दिनु भयो । उहाँले चुनावको सामना गरेर जाने बेला नेताहरुले फरकमत राखेर पार्टीमा गुट बनाउन नपाउने बताउनु भयो । केन्द्रिय सदस्य श्रीपालीले भन्नु भयो, ‘नेताहरुले गुट बनाउन पाउँदैनन् । नेताहरु जहिले पनि एकतावद्ध हुनुपर्छ । चुनावको सामना गरेर जानुपर्छ । एमसीसीको नाममा फरक मत राखेर नेताहरुले पार्टी विभाजनको रेखा कोर्न हुन्न ।’

एमसीसीको कारण पार्टी विभाजन नहुने केन्द्रिय सदस्य रत्न ढकालको दावी छ । पार्टीमा फरक मतको जहिले पनि सम्मान हुने उल्लेख गर्दै उहाँले केन्द्रिय समिति बैठकमा पनि एमसीसीबारे छलफल हुने बताउनु भयो । तर त्यसैकारण पार्टी विभाजन नहुने उहाँको भनाई थियो । ढकालले भन्नु भयो, ‘एमसीसीका विषयमा पार्टी भित्र फरक मत राख्न पाईन्छ । फरक मतको पार्टी भित्र जहिले पनि सम्मान हुन्छ नै । तर त्यो कारणले केन्द्रिय समिति बैठक स्थगित भएको होइन । एमसीसीका कारण माओवादी पार्टी विभाजन हुँदैन । तर पार्टी भित्र छलफल हुन्छ ।’

केन्द्रिय सदस्य ढकालले एमसीसीको कारण पार्टीको बैठक स्थगित हुने अवस्था नरहेको पनि बताउनु भयो ।