४ श्रावण २०८३, सोमबार
,
Latest
खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु कानून सुधार र निर्माणको वर्ष : लक्ष्य पूरा गर्न मन्त्रालयगत छलफल थालियो, प्रत्येक महिना हुने चुरे संरक्षणमा बजेट अभाव र सरकारी उद्योगको जीर्ण अवस्थाप्रति सांसदहरूको चिन्ता पुँजीबजार सुधार गर्न लगानीकर्ताका जायज माग कार्यान्वयन गर्ने प्रधानमन्त्रीको आश्वासन रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय बुधबारदेखि वर्षा कम हुने दर्ता नहुँदा नयाँ विधाका स्वास्थ्य जनशक्ति बेरोजगार र पलायन पछिल्ला २४ घण्टामा विपद्का ६२ घटना, दुई जनाको मृत्यु ‘जुलाई’मा औसतभन्दा कम वर्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवासँग बेलायती सांसदहरूको भेटवार्ता



अ+ अ-

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका सदस्य स्वराज पल, शेख र लेडी शेखबीच शिष्टाचार भेट भएको छ ।

यहाँस्थित नेपाली राजदूतावासमा भएको भेटमा उहाँहरूबीच नेपाल–बेलायत सम्बन्ध थप सुदृढ गर्ने सम्बन्धमा छलफल भएको भ्रमण दलका सदस्य परराष्ट्र सचिव भरतराज पौड्यालले बताउनुभयो । द्विपक्षीय सम्बन्धका जानकार बेलायती सांसदले दुई देशबीच सम्बन्ध प्रगाढ तुल्याउन  आफूहरूबाट सबै किसिमको सहयोग रहिरहने आश्वासन दिनुभएको थियो । उहाँहरूले बेलायतको संसद्मा नेपालका समस्या र सहयोग गर्ने विषयमा आवाज उठाउँदै आउनुभएको छ ।

प्रधानमन्त्री देउवाले द्विपक्षीय सम्बन्ध विस्तारका साथै त्यसलाई प्रवद्र्धन गर्न आफू प्रतिबद्ध रहेको बताउँदै बेलायत सरकारबाट निरन्तरुरूपमा प्राप्त सहयोको सराहना गर्नुभएको सचिव पौड्यालले बताउनुभयो । 

यही कात्तिक १५ र १६ गते स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन ९कोप–२६०मा भाग लिने सिलसिलामा यहाँ रहनुभएका प्रधानमन्त्री आज दिनभर उच्च भेटवार्तामा रहनुभयो ।