१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख सापकोटा संसदीय प्रणालीकै कलंकः अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नीप्रसाद सापकोटालाई संसदीय प्रणालीकै कलंकको संज्ञा दिनु भएको छ ।
अध्यक्ष ओलीले सभामुख सापकोटाजस्तो संसदीय प्रणालीकै कलंकलाई फेरी संसदमा पाईला टेक्न नदिने गरी आगामी निर्वाचनमा हराउन पनि सिन्धुपाल्चोक जिल्लाका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । 

नेकपा एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजा गरेको एक कार्यक्रममा बोल्दै उहाँले सभामुख सापकोटाले सभामुखको गरिमामात्रै नराखेको नभई संसदीय व्यवस्थाको कुनै पनि मर्यादा कायम राख्न नसकेको गम्भिर आरोप समेत लगाउनु भयो । अध्यक्ष ओलीले एमाले विरुद्धको षडयन्त्र सामेल भएर आफ्नो सभामुख सापकोटाले पदीय भूमिका, गरिमालाई बिर्सिएर तिलाञ्जली दिएको दावी समेत गर्नु भयो । उहाँले प्रचण्डको निर्देशनमा उहाँले आफू प्रधानमन्त्री हुँदा संवैधानिक परिषदलाई अनिर्णयको बन्दी बनाउने काम गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो । 

अध्यक्ष ओलीले भन्नु भयो, ‘अग्नी सापकोटाजस्तो मान्छे संसदीय प्रणालीकै कलंक फेरी निर्वाचित भएर संसदमा पाईला टेक्न पाउनुहुन्छ ? उनी कलंक हुन संसदीय व्यवस्थाका । सभामुखको गरिमाको त कुरै छोडौं । कुनै मर्यादा छैन । नेकपा एमालेको विरुद्धको षडयन्त्रमा सामेल भएर पदीय भूमिका, पदीय गरिमा त्यो सबै कुरालाई बिर्सिएर तिलाञ्जली दिएर  आफू सरकारमा हुँदा संवैधानिक परिषदको बैठकमा अनुपस्थित भएर पार्टीको निर्देशनमा अनुपस्थित हुने, पदीय कर्तव्य पालना नगर्ने । अनुपस्थित भएर संवैधानिक परिषदमा योगदान नगर्ने देशलाई चल्न दिने काम उनले गरेका छन ।’

अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई देश बर्बाद पार्ने काममा मात्रै सरिक हुने पात्रको रुपमा चित्रण गर्नु भयो । प्रचण्डले धक्का, छल्याङ भनेर आफैलाई महाविपत्तितर्फ धलेल्दै लगेको अध्यक्ष ओलीको दावी छ ।

अध्यक्ष ओलीले नेपाली काँग्रेस महाधिवेशन समेत गर्न नसक्ने गरी बुढो भएको टिप्पणी गर्नु भयो । उहाँले ५ वर्ष भित्र गरिसक्नु पर्ने महाधिवेशन गर्न नसक्ने काँग्रेसले संवैधानिक रुपमा थप गरेर ६ महिनामा पनि गर्न नसकेर आफूलाई अशक्ति पार्टीको रुपमा उभ्याएको ओलीको भनाई छ । उहाँले काँग्रेस जस्तो अशक्त पार्टीले आफ्नो पार्टीसँग निर्वाचनमा प्रतिस्पर्धा गर्नै नसक्ने दावी समेत गर्नु भयो  । अध्यक्ष ओलीले भन्नु भयो, ‘पाँच वर्ष भित्र गर्नुपर्ने गर्न नसक्ने । त्यसपछि ६ महिनामा गर्नुपर्ने । त्यो पनि गर्न नसक्ने । निर्वाचन आयोगले दिएको ६ महिना भित्र अहिले पनि १४ वटा जिल्लामा काँग्रेसको अधिवेशन बाँकि छ । त्यो कुनै पनि हिसावले काँग्रेसको रिती पु¥याउने कुरा हो । महाधिवेशन आयोजना गर्ने क्षमतानै काँग्रेससँग समाप्त भईसक्यो । महाधिवेशननै गर्न नसक्ने हालतमा काँग्रेस बुढो । अशक्त भयो ।’

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा बालुवाटारमा करोडौंको भाडाकुडा किन्यो भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिको पनि खण्डन गर्नु भयो । उहाँले नयाँ नयाँ कथा हाल्ने नेताको रुपमा दाहाल रहेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री हुँदा करोडौको भाडाकुडा किनेको भन्ने कुरा सत्य नभएको बताउनु भयो । बरु आफूले घरबाटै लगेको भाडामा  खानेकुरा बनाएर खाएको उहाँको स्पष्टिकरण थियो । अध्यक्ष ओलीले भन्नु भयो, ‘प्रचण्डले हाल्ने गर्छन नि कथा । प्रचण्डले चितवन गएर के भनेछन भने–मलाई डेढ लाखको खाटमा सुत्यो भनेर कुरा गर्ने केपी ओलीले भान्सको भाडाकुडा मात्रै करोडौंको किनेको रहेछ भनेर । मेरो भान्सामा त भाडाकुडा पनि आफ्नै हुन्थे । के को किन्नु सरकार बेकार । मलाई केही चाहिएको छैन । अव त्यहाँ प्रधानमन्त्रीको निवासमा सेना बस्छ । सेनाले खानु प¥यो होला । सेनालाई खाना पकाउनु प¥यो होला । त्यहाँ ग्याँस खर्च भयो होला । अनि करोडौंको भाडाकुडा चाँही के गर्नु ?’

अध्यक्ष ओलीले आफ्नो पार्टी एकतावद्ध रहेको दावी समेत गर्नु भयो । उहाँले माधव नेपाललाई पार्टी भित्रै राख्नका लागि १० बुँदे सहमती गरेको पनि पटकपटक दोहोर्याउनु भयो ।