१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी

पोखराका नौ ताल जोड्न साइकलमार्ग

पोखराका नौ ताल जोड्न साइकलमार्ग
अ अ+ अ-

पोखरा । सुन्दरनगरी पोखरालाई थप व्यवस्थित र आर्कषण बनाउने काम सुरु भएको छ । प्रमुख पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न पोखरा महानगरपालिकाले नगरका ९ वटा ताल जोड्ने साइकलमार्ग निर्माणका लागि आवश्यक तयारी सुरु गरेको हो । 

समुन्नत र समुद्ध पोखराका लागि महानगरले चालु आर्थिक वर्षमा साइकल मार्ग निर्माण गर्न रु ३० लाख बजेट विनियोजन गरेको छ । यसका लागि १८३ किलोमिटर साइकल ट्र्याकको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भई रु ३५ करोडको लागतप्रक्षेपण गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम रिजालले जानकारी दिनुभयो । 

उहाँले पोखराका ९ ताल फेवा, रुपा, बेगनास, कमलपोखरी, खास्टे, न्युरेनी, गुँदे, दिपाङ, मैदी र अन्तर्राष्ट्रिय महत्वको रामसार क्षेत्रमा सूचीकृत भइसकेको अवस्थामा प्राकृतिक र सांस्कृतिक विविधताले युक्त पोखराको सौन्दर्य अवलोकनका लागि साइकल संस्कृति विकास आवश्यक रहेको बताउनुभयो । यस विषयमा सरोकारवालाबीच छलफल भइसकेको र पहिलो चरणमा साइकलमार्गमा सङ्केत चिन्ह राख्ने काम सम्पन्न भइसकेको उहाँको भनाइ छ । महानगर सहरी योजना आयोगका उपाध्यक्ष डा रामचन्द्र लामिछानेले पोखरा प्राकृतिक सुन्दरताले बरदान पाएको सहर भएकाले यसलाई सुन्दर बनाउन थप नयाँ कुराको खोजी गर्नुभन्दा पनि भइरहेको प्राकृतिक कुरालाई व्यवस्थापन गरेर नयाँ कलेबरमा रुपान्तरण गर्न सके मात्र पुग्ने उहाँले बताउनुभयो । 

“अनुकुल मौसमदेखि हिमशृखङ्ला ताल तलैयाको अनुपम बरदान पाएको सहर हो पोखरा । ‘कनेक्ट लेक टु लेक’ पर्यटन प्रवद्र्धनका लागि साइकल राम्रो विकल्प बन्नेछ”, उहाँले भन्नुभयो । विश्वका साइकलमार्गमध्ये यो पृथक खालको रहेको र यो मार्ग पोखराको गौरवको योजना भएकाले यसलाई निरन्तरता दिन त्रिवर्षीय योजनामासमेत समावेश गरिएको उपाध्यक्ष डा लामिछानेको भनाइ छ । उहाँले भन्नुभयो, “सातसयदेखि एक हजार ५०० मिटर उचाइमा साइकल चलाउँदै उत्तरतिर हिमशृङ्खला र दक्षिणतर्फ पोखरा उपत्यकाको मनोरम दृश्यावलोकन, तालमा साइबेरियादेखि आएका चराको झुण्ड हेर्दै र अन्तर्राष्ट्रिय विमानस्थल जहाजको उडान र अवतरणका दृश्यलाईसमेत यस साइकल ट्र्याकबाट हेर्न सकिन्छ ।”

 उहाँले यो साइकल ट्र्याकले पोखरामा पर्यटकलाई एकदेखि दुई दिनसम्म बसाइँ लम्बाउन र आम्दानीको स्रोत बढाउन सहयोग पुग्ने बताउनुभयो । वन विज्ञान अध्ययन संस्थानको उपप्राध्यापक एवं पर्यटन अध्येता श्रीकान्त शर्मा खतिवडाले साइकल लेनको रेखाङ्कन भइसकेको अवस्थामा देखिने गरी महानगरपालिकाले अविलम्ब काम सुरु गर्नुपर्ने बताउनुभयो । साइकल मार्गले समग्र पोखराको पर्यटकीय गन्तव्यलाई छुने हुँदा पर्यटकका लागि साइकल भरपर्दो र उपयोगी माध्यम हुने तथा पर्यटकीय उत्पादनको विस्तारमा समेत यसले सहयोग पुर्‍याउने उहाँको भनाइ छ । उहाँले ‘टुरिज्ज्म प्रडक्ट एण्ड रिसोर्सेस अराउन्ड दि साइकल लेन इन पोखरा’ शीर्षकमा पोखराका सरोकारवालाबीच कार्यपत्रसमेत प्रस्तुत गरिसकेको र अब अविलम्ब यस कार्यलाई अगाडि बढाउन सुझाव दिनुभयो । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराइले पोखरा साहसिक खेल पर्यटनका लागि पनि उत्कृष्ट गन्तव्य भएकाले ‘लेक टु लेक कनेक्टका लागि साइकलमार्ग निर्माण हुनु निकै प्रशंसनीय कार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिड–१९ ले पर्यटन क्षेत्रमा नराम्ररी क्षति पुर्‍याएको छ । अब नयाँ–नयाँ योजनाका साथ पर्यटकको ‘लेन्थअफ स्टे बढाउन स्थानीय सरकारले पनि पर्यटन मैत्रीपूर्वाधार विकासमा जोड दिँदै जानुपर्छ ।” दीर्घकालीन सोच अनुरुपका पूर्वाधारले सकारात्मक नीति दिने भएकाले कुनै पनि पूर्वाधार विकास लागि सरोकारवाला र विज्ञको सल्लाह सुझावलाई मनन गरेर अघि बढ्न उहाँको सुझाव छ । 

उहाँले पोखरा विभिन्न पर्यटकीय गन्तव्यको ‘गेट वे’सँगै प्रकृतिको स्वच्छतामा रमाउन पर्यटकको आगमन हुने र साइकलमार्गबाट पोखराको हिमशृङुखला, तालतलैयालगायत पोखरा उपत्यकाको सुन्दर दृश्यमा पर्यटकले भरपुर आनन्द लिन सक्ने भएकाले यस निर्माण कार्यलाई छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले साहसिक गतिविधिको सहरको रुपमा समेत पोखराले आफ्नो पहिचान बनाएकाले पनि साइकलमार्ग निर्माण कार्यले यसमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

पोखरा साइकल सिटीका पूर्वअध्यक्ष प्रकाश बज्राचार्यले पोखरालाई साइकल सिटीको रुपमा विकास गरेर वातावरणमैत्री पर्यटनमा जोड दिन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ वातावरण र पर्यटनलाई केन्द्रविन्दुमा राखेर साइकल सिटीको स्थापना भएको हो, महानगरले ९ ताल जोड्ने साइकल ट्र्याकको योजना अघि सारेको छ यसबाट हामी निकै खुसी भएका छौं ।” साइकलमार्गले पोखरामा वातावरण मैत्रीको सन्देशसँगै पर्यटकको बसाइ लम्बाउने र थप पर्यटकलाई पोखरा भित्र्याउन पनि भूमिका खेल्ने विश्वास उहाँको छ ।  

यो मार्ग निर्माणका लागि सायुके एड सुदृढ परियोजनाको आर्थिक सहयोगमा विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० तयार भई रु ३५ करोडको लागत प्रक्षेपण गरिएको छ । यस मार्गमा महानगरका १८ वटा वडा समेटिएका छन् । साइकल सिटीको रूपमा पोखरालाई चिनाउन ‘मेयर साइकल प्रतियोगिता’ पोखरामा आयोजना गरिएको थियो । (रासस, जमुनावर्षा शर्मा)