१० असार २०८३, बुधबार
,
Latest
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न रास्वपा महाधिवेशन: तातेको निर्वाचन माहोल- फोटो फिचर छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवाको उत्तरगया गाउँपालिकाद्वारा किसानलाई आलुको विउँ वितरण



अ+ अ-

रसुवा। रसुवाको उत्तरगया गाउँपालिकाले किसानहरुलाई आलुको बिउँ उपलब्ध गराउन सुरु गरेको छ । आलुखेतीलाई व्यावसायीक बनाई जिवन निर्वाहमा सघाउ पुर्याउन गाउँपालिकाले किसानहरुलाई आलुको बिउँ उपलब्ध गराउन सुरु गरेको हो । गाउँपालिकाले शनिबारदेखि ५० प्रतिशत अनुदानमा गाउँपालिकाको तिरु, गोगने, करुम्राङ, सुरुचेतका किसानलाई आलुको बिउँ बितरण गर्न सुरु गरेको छ ।

शनिबार गाउँपालिकाको वडा नम्बर १ तिरुमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले ७० जना किसानलाई आलुको बिउँ बितरण गरेका छन् । प्रति किसानलाई २५ किलोको दरले आलुको बिउँ बितरण गरिएको उनले बताए । त्यसैगरि वडा नम्बर १ कै करुमर्याङ, सिरुचेत, काम्लुङका किसानहरुलार्ई पनि आलुको बिउँ बितरण गर्ने तयारी रहेको उनले बताए । सोमबार सम्ममा सबै किसानलाई आलुको बिउँ बितरण गर्ने तयारी रहेको उनको भनाई रहेको छ ।

चालु आर्थिक बर्ष २०७८÷०७९ मा गाउँपालिकाको कार्यक्रम मार्फत बितरण गरिएको आलुको बिउँबाट वडा नम्बर १ का ४ सय २० घरधुरीका किसानहरु लाभान्वित हुने समेत उनले बताए । लेकमा फल्ने उन्नत जातका आलु बितरणले भुकम्प पिडित बिस्थापित परिवारको जिवन निर्वाहमा टेवा पुग्ने समेत लम्सालले बताए । ‘कृषकहरुलाई व्यावसायिक खेती तर्फ प्रोत्साहन गराउनका लागि गाउँपालिकाको कार्यक्रम मार्फत अनुदानमा आलुको बिउँ बितरण गरेका हौ, उनले भने, । बितरण गरिएको आलु उत्पादन बाट बढी लाभसँगै कृषकको आम्दानी स्तर बढाउन यस्तो नीति अपनाएको उत्तरगया गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आलुको बिउँ बितरण गरेको भन्दै कृषकहरु खुशी भएका छन् । आगामी दिनमा पनि कृषकलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरु संचालन गर्न स्थानियहरुले अनुरोध गरेका छन् । त्यस्तै उत्तरगया गाउँपालिकाको वडा नम्बर १, ४ र ५ लाई आलु जोन क्षेत्रको रुपमा घोषणा गरिएको छ । उत्तरगया गाउँपालिका सहित कृषि ज्ञान केन्द्र नुवाकोटले यी क्षेत्रहरुमा व्यावसायिक रुपमा आलु खेतीका लागि कृषकहरुलाई आलुको बिउँ लगायतमा अनुदान दिएको छ ।