२३ भाद्र २०८३, मंगलवार
,
Latest
सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य राष्ट्रसङ्घको ८१ औँ महासभामा सुरु हुँदै जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगमा चेल्सीकाे विजय यात्रा जारी, म्यान्चेस्टर सिटी पराजित



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएका खेलमा लिगको शीर्ष स्थानमा रहेको चेल्सीले आफ्नो विजय यात्रा कायमै राखेको छ । तर म्यान्चेस्टर सिटी भने क्रिस्टल प्यालेससँग नराम्रोसँग पराजित भएको छ ।

चेल्सीले न्यूक्यासल युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । चेल्सीका लागि रिज जेम्सले दुई गोल गरेका थिए । उनले ६५ र ७७ औं मिनेटमा गोल गरेका थिए भने एक गोल पेनाल्टीबाट प्राप्त भएको थियो ।

चेल्सीका लागि जोर्जिन्होले ८१ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरी चेल्सीको अग्रतालाई तेब्बर बनाएका थिए ।

यो जितसँगै चेल्सीले १० खेलबाट २५ अंक जोडेर पहिलो स्थान कायमै राखेको छ । दोस्रो स्थानको लिभरपुलले भने ब्राइटनसँग बराबरी भएपछि १० खेलबाट २२ अंक जोडेको छ ।

तेस्रो स्थानको म्यान्चेस्टर सिटी भने क्रिस्टल प्यालेससँग नाटकीय रुपमा २–० गोल अन्तरले पराजित भयो ।

आफ्नै गृह मैदानमा भएको यस खेलमा क्रिस्टल प्यालेसका लागि विलफ्राइड जाहाले सातौं र कोनोर कालाघारले ८८औं मिनेटमा गोल गरेका थिए ।

यस खेलमा जाहालाई फल गरेको भन्दै सिटीका डिफेन्डर आइमेरिक लापोर्टेलाई पहिलो हाफको अतिरिक्त समयमा रेफ्रीले रातो कार्ड दिएका थिए । यसपछि १० खेलाडीमा सीमित भएको सिटीले लगातार क्रिस्टल प्यालेसमाथि दबाब बनाएर गोल गर्ने प्रयास गरेको थियो ।

सिटीका ग्याब्रिएल जेसुसले गरेको क्रस गोललाई अफसाइड घोषित गरिएको थियो ।

अंक तालिका

स्थान टिम खेल अंक
चेल्सी १० २५
लिभरपुल १० २२
म्यान्चेस्टर सिटी १० २०
वेस्टह्याम १७
म्यान्चेस्टर युनाइटेड १० १७