१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन प्रदेशमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना



अ+ अ-

काठमाडौं । आज मुलुकका तीन प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको संभावना छ । यी प्रदेशमा धान भित्र्याउन किसानहरुलाई चटारो छ ।

आज देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पनि विभागले जनाएको छ ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ । रातमा पनि तीनै प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको संभावना छ ।