१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिनिसियसले गरे दुई गोल, रियल म्याड्रिड स्पेनी लिगको शीर्ष स्थानमा



अ+ अ-

काठमाडौं । युवा प्रतिभावान खेलाडी भिनिसियस जुनियरको दुई गोल मद्दतमा एल्चेलाई पराजित गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा रियलले १० खेलाडीमा सिमित एल्चेलाई उसैको मैदानमा २ १ ले पराजित गरेको हो ।

भिनिसियसले खेलको २२औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए भने ७३औं मिनेटमा दोस्रो गोल गरेका थिए । एल्चेका राउल गुटीले ६४औं मिनेटमा रातो कार्ड पाएपछि एल्चे १० खेलाडीमा सीमित भएको थियो ।

निकै दबाबमा खेलेको एल्चेका लागि ८६औं मिनेटमा पेरे मिल्लाले एक गोल फर्काएका थिए ।

यो जितसँगै रियल म्याड्रिडले ११ खेलबाट २४ अंक जोडेको छ । समान अंक भए पनि रियलले सोसिडाड भन्दा रियाल म्याड्रिडको गोलअन्तर बढी छ । एल्चे भने १२ खेलबाट १० अंकसहित १५औं स्थानमा रहेको छ ।