१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवाको उत्तरगया गाउँपालिकाद्वारा किसानलाई आलुको विउँ वितरण



अ+ अ-

रसुवा। रसुवाको उत्तरगया गाउँपालिकाले किसानहरुलाई आलुको बिउँ उपलब्ध गराउन सुरु गरेको छ । आलुखेतीलाई व्यावसायीक बनाई जिवन निर्वाहमा सघाउ पुर्याउन गाउँपालिकाले किसानहरुलाई आलुको बिउँ उपलब्ध गराउन सुरु गरेको हो । गाउँपालिकाले शनिबारदेखि ५० प्रतिशत अनुदानमा गाउँपालिकाको तिरु, गोगने, करुम्राङ, सुरुचेतका किसानलाई आलुको बिउँ बितरण गर्न सुरु गरेको छ ।

शनिबार गाउँपालिकाको वडा नम्बर १ तिरुमा एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले ७० जना किसानलाई आलुको बिउँ बितरण गरेका छन् । प्रति किसानलाई २५ किलोको दरले आलुको बिउँ बितरण गरिएको उनले बताए । त्यसैगरि वडा नम्बर १ कै करुमर्याङ, सिरुचेत, काम्लुङका किसानहरुलार्ई पनि आलुको बिउँ बितरण गर्ने तयारी रहेको उनले बताए । सोमबार सम्ममा सबै किसानलाई आलुको बिउँ बितरण गर्ने तयारी रहेको उनको भनाई रहेको छ ।

चालु आर्थिक बर्ष २०७८÷०७९ मा गाउँपालिकाको कार्यक्रम मार्फत बितरण गरिएको आलुको बिउँबाट वडा नम्बर १ का ४ सय २० घरधुरीका किसानहरु लाभान्वित हुने समेत उनले बताए । लेकमा फल्ने उन्नत जातका आलु बितरणले भुकम्प पिडित बिस्थापित परिवारको जिवन निर्वाहमा टेवा पुग्ने समेत लम्सालले बताए । ‘कृषकहरुलाई व्यावसायिक खेती तर्फ प्रोत्साहन गराउनका लागि गाउँपालिकाको कार्यक्रम मार्फत अनुदानमा आलुको बिउँ बितरण गरेका हौ, उनले भने, । बितरण गरिएको आलु उत्पादन बाट बढी लाभसँगै कृषकको आम्दानी स्तर बढाउन यस्तो नीति अपनाएको उत्तरगया गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आलुको बिउँ बितरण गरेको भन्दै कृषकहरु खुशी भएका छन् । आगामी दिनमा पनि कृषकलाई प्रोत्साहन गर्ने खालका कार्यक्रमहरु संचालन गर्न स्थानियहरुले अनुरोध गरेका छन् । त्यस्तै उत्तरगया गाउँपालिकाको वडा नम्बर १, ४ र ५ लाई आलु जोन क्षेत्रको रुपमा घोषणा गरिएको छ । उत्तरगया गाउँपालिका सहित कृषि ज्ञान केन्द्र नुवाकोटले यी क्षेत्रहरुमा व्यावसायिक रुपमा आलु खेतीका लागि कृषकहरुलाई आलुको बिउँ लगायतमा अनुदान दिएको छ ।