५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

कोरोना भाइरसविरुद्धको खोपमा समन्वय गर्न पुटिनको आग्रह

कोरोना भाइरसविरुद्धको खोपमा समन्वय गर्न पुटिनको आग्रह
अ+ अ-

मस्को । कोरोना भाइरसका विरुद्धमा हाल विश्वका देशहरुमा लगाइराखिएको खोपको उपलब्धता र यसको वितारणको प्रणालीलाई व्यवस्थित गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आग्रह गरेका छन् । उनले खोप विश्वमा सबै देशमा उपलब्ध होस् भन्ने पक्षमा जि२० का सदस्य राष्ट्रहरुले सुनिश्चितता प्रदान गर्नुपर्नेमा पनि जोड दिएका छन् । 

उनले भनेका छन्– सबै देशले कोरोना भाइरसका विरुद्धको खोपको वितवरणका साथै यसको उपलब्धताका विषयमा पनि सुनिश्चिता हुनुपर्छ र यस विषयमा आपसमा समन्वय गरेर अघि बढ्नुपर्दछ । जि२० को १६ औँ सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। 
उनले विश्वमा नै यो खोपका विषयमा अस्वस्थ प्रतिस्पर्धाका साथै असमान वितरण र यसको विवरण अध्यावधिक गर्ने काममा पनि चुस्तता नभएकाले यो समस्या भएको बताएका थिए । 

खोपको विवरण अध्यावधिक राख्ने र अहिलेसम्म पनि पर्याप्त मात्रामा खोप उपलब्ध हुन नसकेका देशमा उपलब्ध गराउने भन्दै यसका लागि जि२० देशहरुले काम गर्नुपर्नेमा उनको जोड थियो । साथै राष्ट्रपति पुटिनले यस कार्यमा विश्व स्वास्थ्य संगठनको भूमिका महत्वपूर्ण रहेको भन्दै यसका लागि उक्त संगठनलाई अरु देशले आवश्यकता अनुसार सहयोग गर्नुपर्ने पनि बताए ।