९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने गृहमन्त्री खाँणको दाबी



file
अ+ अ-

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने प्रस्ट पारेका छन् । 

रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री समेत रहेका खाँणले संविधानको रक्षा र जनविश्वासलाई मजबुत बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको सत्ता गठबन्धन आम निर्वाचनसम्म कायम रहने बताएका हुन् । 

उनले भने, ‘संविधानको रक्षा, जनताको चाहना र विश्वासलाई अझ मजबुत बनाउन आउँदो आम चुनावसम्म सत्ता गठबन्धन कायमै रहन्छ ।’

मन्त्री खाँण भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा महाकरुणा बुद्धमूर्ति अनावरण गर्ने कार्यक्रममा सहभागी हुन रुपन्देही आएका हुन् ।