३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् भङ्ग गरेर अर्ली इलेक्सनमा जाऔँ: माधव नेपाल (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको वितण्डा रोक्न संसद् भङ्ग गरी अर्ली इलेक्सनमा जानुपर्ने बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि संसद् भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै अब संसद्समेत भङ्ग गरेर तीन तहको निर्वाचनमा जानु उपयुक्त हुने बताउनुभयो ।

नेकपा (एमाले) ले संसद् चल्न नदिएर हैरान पारेको भन्दै उहाँले एमाले अध्यक्ष ओलीको वितण्डा रोक्न पनि संसद् भङ्ग गर्नुपर्ने भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “संसद्‌मा केपी ओलीलाई कति सहने । एमालेले सदन चल्न पनि नदिने, भत्ता खाइरहने, हामीलाई पनि हैरान पार्ने, त्यसैले अब संसद् भङ्ग गर्ने, संसद् पनि रहन्न यो बितन्डा पनि रहन्न । अब सबै निर्वाचनमा जाऔं ।” तर नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले भने वैशाख ३० मा स्थानीय तहको चुनाव घोषणा भइसकेकाले प्रतिनिधिसभाको निर्वाचनमा अहिले नै जान नमिल्ने बताउनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचन घोषणा भइसकेको भन्दै अर्ली इलेक्सन साउन वा भदौमा गर्न सम्भव नहुने बताउनुभयो ।