९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षी गठबन्धनले मुख्यमन्त्री भीम आचार्यको विपक्षमा मतदान गर्ने



अ+ अ-

विराटनगर । प्रदेश १ का विपक्षी गठबन्धले मुख्यमन्त्री भीम आचार्यको विपक्षमा मतदान गर्ने भएका छन् । 

भोलि (सोमबार) बस्ने प्रदेशसभा बैठकको पूर्वसन्ध्यामा विराटनगरमा बसेको विपक्षी गठबन्धनको बैठकले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्ने निर्णय गरेको हो । 

मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते विश्वास लिने प्रस्ताव सदनमा पेस गरेपनि मतदान नभई बैठक कात्तिक १५ गतेका लागि सारिएको थियो । 

प्रदेश १ मा ९२ जना सांसद छन् । बहुमतका लागि ४७ मत आवश्यक पर्छ। एमालेका ४१ सांसद छन् । विपक्षी गठनबन्धनमा ५० सांसद रहेका छन् ।