९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै पूर्वराष्ट्रपतिद्वारा सरकारको आलोचना



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नु भएको छ । 

पूर्वराष्ट्रपति यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको टिप्पणी समेत गर्नु भयो । ‘विपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको आईतबार काठमाडौंमा एक कार्यक्रममा बीच विमोचन गर्दै उहाँले न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर न्यायालयमा देखिएको समस्या समाधान गर्नु पर्दैैन ? भनेर सरकारलाई प्रश्न गर्नु भयो । 

कानुनमन्त्री सो समस्या समाधान गर्न सक्दैनन भन्दै पूर्व राष्ट्रपति यादवले न्यायालय बेहाल अवस्थामा रहेका बेला प्रधानमन्त्री देउवाले बेलायत भ्रमण गरेर नेपालको शिर निहुँ¥याएको बताउनु भयो । उहाँले सारा न्यायाधिशहरु, नेपाल बार, कानुनविद्हरु एक ठाउँमा रहेका बेला पनि राजीनामा दिन्न भनेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कसको आडमा भनेको भनेर सरकार र राजनीतिक दलहरुमाथि प्रश्न समेत तेस्र्याउनु भयो । 

उहाँले भन्नु भयो, ‘न्यायालयमा सारा न्यायाधीशहरु एकातिर छ । बुद्धिजीविहरु एकातिर छ । संविधानविद्हरु, कानुनविद्हरु एकातिर छ । यस्तो अवस्थामा प्रधानन्यायाधीश भन्छ कि म छोडदिन । केही नभएपनि एक्लै बेञ्चमा बस्छ । कसको तागतमा ? तर पनि कि आजसम्म पोलिटिकल पार्टीहरुले उनीहरुको त कुरा छोडिदिऊ । सकरार देशको प्रतिनिधि हो । प्रथम प्रतिनिधि हो देशको । 

सकरारले आफ्नो ट्रयाक टू डिप्लोमेसीबाट न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर ती समस्यालाई हल गर्नु पर्दैन ? कानुनमन्त्री जसले ल्याण्ड गर्न सक्दैन ? आज संसारको सामून्य न्यायालयको अवस्था यस्तो छ । तर सम्माननीय प्रधानमन्त्री बेलायत जानु भएको छ । तर आज बेलायतको सामून्ने संसारको सामून्य न्यायालयको यो अवस्था छ । यस्तो अवस्थामा हामी संसारको सामुन्य टाउँको देखाउन सक्छौं ?’

पूर्वराष्ट्रपति यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति असन्तुष्टि जनाउनु भएको छ । उहाँले संविधानमा नभएको संसद भंग गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा राष्ट्रपति भण्डारीले साथ दिएकोमा असन्तुष्टि व्यक्त गर्नु भएको हो । पूर्व राष्ट्रपति यादवले संविधानको कार्यान्वयन गर्न दलहरु गम्भिर नभएकोमा चिन्ता समेत व्यक्त गर्नु भयो ।