१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् भङ्ग गरेर अर्ली इलेक्सनमा जाऔँ: माधव नेपाल (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको वितण्डा रोक्न संसद् भङ्ग गरी अर्ली इलेक्सनमा जानुपर्ने बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि संसद् भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै अब संसद्समेत भङ्ग गरेर तीन तहको निर्वाचनमा जानु उपयुक्त हुने बताउनुभयो ।

नेकपा (एमाले) ले संसद् चल्न नदिएर हैरान पारेको भन्दै उहाँले एमाले अध्यक्ष ओलीको वितण्डा रोक्न पनि संसद् भङ्ग गर्नुपर्ने भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “संसद्‌मा केपी ओलीलाई कति सहने । एमालेले सदन चल्न पनि नदिने, भत्ता खाइरहने, हामीलाई पनि हैरान पार्ने, त्यसैले अब संसद् भङ्ग गर्ने, संसद् पनि रहन्न यो बितन्डा पनि रहन्न । अब सबै निर्वाचनमा जाऔं ।” तर नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले भने वैशाख ३० मा स्थानीय तहको चुनाव घोषणा भइसकेकाले प्रतिनिधिसभाको निर्वाचनमा अहिले नै जान नमिल्ने बताउनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचन घोषणा भइसकेको भन्दै अर्ली इलेक्सन साउन वा भदौमा गर्न सम्भव नहुने बताउनुभयो ।