२३ भाद्र २०८३, मंगलवार
,
Latest
एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र जेनजी आन्दोलनको एक वर्ष : ‘घुसपैठकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ’: शङ्कर पोखरेल ‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’ गुमेको दृष्टि फर्किँदा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको संसदीय निर्वाचनमा एलडीपी फेरि विजयी, आर्थिक प्याकेज ल्याउने प्रधानमन्त्री किशिदाको घोषणा



अ+ अ-

टोक्योः जापानका प्रधानमन्त्री फुमिओ किशिदाले संसदको निर्वाचनमा आफ्नो गठबन्धनले बलियो बहुमत सहित विजय प्राप्त गरेको सोमबार घोषणा गर्नु भएको छ ।

प्रधानमन्त्रीमा चुनिएको एक महिनाभित्रै भएको आम निर्वाचनमा विजय हासिल गरेपछि बोल्दै प्रधानमन्त्री किशिदाले विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानको अर्थतन्त्रलाई थप सुदृढ गर्ने बताउनुभयो ।

उहाँले कोरोनाभाइरस महामारीबाट असर परेको अर्थतन्त्रलाई सक्षम बनाउन राहत प्याकेज घोषणा गर्न लागेको र त्यसको मस्यौदा यही नोभेम्बर महिनामा तयार पारिने दृढता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री किशिदाले एसियामा शून्य उत्सर्जनका लागि जापानले अग्रणी भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले स्कटल्यान्डको ग्लास्गोमा आयोजित कोप२६ को शिखर बैठकमा भाग लिन जानुअघि यस्तो धारणा राख्नु भएको छ ।

जापानमा लामो समयदेखि शासन चलाइरहेको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र यसको सानो साझेदार दल कोमेटोले ४६५ सदस्यीय संसदमा २९३ स्थान जितेका छन् । स्थानीय सञ्चार माध्यमले संसदको तल्लो सदनमा यस गठबन्धनले विजय हासिल गरेको बताए पनि आधिकारिक निर्वाचन परिणाम घोषणा हुन भने बाँकी छ ।

एलडीपी एक्लैले २६१ स्थान जितेको बताइएको छ । यसअघिको निर्वाचनमा एलडीपीले २७६ स्थानमा विजय हासिल गरेको थियो ।

एलडीपीको विजयसँगै जापानको स्टक एक्सचेन्ज निक्की स्टक एक्सचेन्जमा २ प्रतिशतभन्दा बढीको उछाल आएको थियो ।

प्रधानमन्त्री योशिहिडे सुगाले राजीनामा दिएपछि किशिदा जापानको प्रधानमन्त्री बन्नु भएको थियो ।

जापानमा करिब १८ हजार व्यक्तिको कोभिड संक्रमणका कारण मृत्यु भएको थियो । जापानले भाइरस संक्रमण रोक्न भन्दै लकडाउन गरेको थियो, जसका कारण अर्थतन्त्रमा नकारात्मक असर परेको थियो । एजेन्सी




भर्खरै