१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जी २० राष्ट्रका नेताहरू ऊर्जा उत्पादक-उपभोक्ता समन्वयमा सहमत: म्याक्रोन



अ+ अ-

रोम । जी २० राष्ट्रहरूले ऊर्जा मूल्य सम्बन्धी मुद्दाहरूमा उत्पादक र उपभोक्ताहरू बीचको घनिष्ठ समन्वयमा सहमति जनाएको फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले बताएका छन् । 

आइतबार जी २० शिखर सम्मेलनको समापनपछि रोममा पत्रकारहरूसँग कुरा गर्दै म्याक्रोनले ग्याँस र तेलको मूल्यमा भएको उल्लेखनीय वृद्धि र अस्थिरताले विश्वव्यापी वृद्धिलाई कमजोर बनाएको टिप्पणी गरेका छन् । 

ऊर्जाको कुरा आउँदा उत्पादक र उपभोक्ता राज्यहरू बीच समन्वयको आवश्यकता छ, म्याक्रोनले जोड दिदै भन्नुभयो,  जी २० शिखर सम्मेलनमा त्यससँग सान्दर्भिक सम्झौताहरू सम्पन्न भएका छन् ।
त्यसैगरी युएस स्टेट डिपार्टमेन्टका ग्लोबल इनर्जी सेक्युरिटीका वरिष्ठ सल्लाहकार आमोस होचस्टेनले बिहीबार भनेका छन् छ ग्यास र तेल आपूर्तिकर्ताहरूले युरोपमा देखापर्ने संकटबाट बच्न विश्वव्यापी माग पूरा गर्ने क्षमता सुनिश्चित गर्ने जिम्मेवारी आएको छ।