७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

नेपाल बार एशोसिएशनको बिरोध प्रदर्शन जारी

नेपाल बार एशोसिएशनको बिरोध प्रदर्शन जारी
अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आज पनि बिरोध प्रदर्शन गरेको छ । प्रधानन्यायाधीश राणाको राजीनामाको माग गर्दै आईतबारदेखि आन्दोलनमा उत्रिएका न्यायाधीश, अधिवक्ता, वरिष्ठ अधिवक्ता, वकीलहरुले आज (सोमबार) पनि बिरोध प्रदर्शन जारी राखेका हुन् ।

प्रदर्शनमा वरिष्ठ अधिवक्ता तथा पूर्व सभामुख दमननाथ ढुंगानाले सम्पूर्ण कानून व्यवसायीहरुको दबावलाई प्रधानन्यायाधीशले कुनै न कुनै हिसावले निकास दिनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक दलहरु अदालतको स्वतन्त्रतामाथि हस्तक्षेप गर्न मिल्दैन भने पन्छिएको आरोप लगाउनुभयो । देशको परिस्थिती यो अवस्थामा आइपुग्दा समेत राजनीतिक दलहरुले न्यायाधीशहरुको बहुमतलाई अनसुनी गरेको बताउनुभयो । वरिष्ठ अधिवक्ता ढुंगानाले राजनीतिक पार्टीहरु निरपेक्ष भएर र अनसुनी भएर बस्ने हो भने राजनीतिक दलहरुतिर नै आन्दोलन लक्षित हुने बताउनुभयो ।

वरिष्ठ अभिवक्ता ढुंगानाले भन्नुभयो, ‘राजीनामा आउँछ भन्ने हो, आउँदैन भन्ने प्रश्नै स्वीकार गर्दैनौँ, यो वकिलहरुको मात्रै प्रदर्शन होइन, न्यायाधीशहरुले पनि बहिष्कार गरेका छन्, उहाँले यो दबावलाई कुनै न कुनै किसिमले निकास दिनुपर्छ, कता कता अदालतको स्वतन्त्रतामाथि दखल हस्तक्षेप गर्न मिल्दैन भनेर राजनीतिक दलहरु पलायन हुन खोज्नुभएको छ,हस्तक्षप गर्न मिल्दैन तर यत्रो जनमत, वकिलको मत, न्यायाधीशहरुको बहुमतलाई अनसुनी गर्न मिल्दैन, उहाँहरुले त्यहाँ गल्ती गरिरहनुभएको छ,हस्तक्षेप नगरी निकास खोज्ने काम राजनीतिक दलको हो, यदि राजनीतिक पार्टी यसमा निरपेक्ष भएर बस्छ भने अझ धेरैदिन अनसुनी गरेर बस्छ भने यो आन्दोलन पार्टीहरु तिर पनि लक्षित हुन्छ, किनभने पार्टीहरु गैर जिम्मेवार भए, भागबन्डा भनेको त पार्टीहरुकै कारणले हो, प्रधानन्यायाधीशको मात्रै होइन, यो लम्बियो हाम्रो माग पूर्ति भएन भने हामी पार्टीप्रति लक्षित हुन्छौँ, अदालत बिग्रिए संविधान नै चल्दैन, अदालतको फोहोर सफा गर्नैपर्छ ।’

नेपाल बार एशोसिएशनकी उपाध्यक्ष रक्षा बस्यालले प्रधानन्यायाधीशले आफ्नो इजलाशमा पेशी नराख्नु राम्रो शुरुवात भएको बताउनुभयो । उहाँले बारले प्रधानन्यायाधीशको राजीनामा मागिसकेकोले अब पछि नहट्ने बताउनुभयो ।

उपाध्यक्ष बस्यालले भन्नुभयो, ‘हामीले केही दिनअघि प्रधानन्यायाधीशलाई अनुरोध गर्यौं, सम्माननीय ज्यू, कम्तिमा तपाईले आफ्नो इजलासमा पेशी नराखिदिनु, नेपाल बारले प्रेस विज्ञप्ति पनि जारी गर्यो, र आज सम्माननीय ज्यूले आफ्नो इजलासमा पेशी राख्नु भएको छैन,राम्रो शुरुवातको रुपमा लिएका छौँ, हामीले राजीनामा मागेका छौँ ब्याक गर्दैनौँ, उहाँले मार्ग प्रशस्त गर्नुहुनेछ भन्नेमा विश्वास राखेका छौँ, न्यायपालिका सुधारका लागि जे जति एजेण्डा छन्, त्यसलाई हामी सुधार्न लागि पर्नेछौँ ।’

उपाध्यक्ष बस्यालले प्रधानन्यायाधीशले राजीनामा दिएपछि न्यायपालिकाको सुधारका निम्ति बारले बनाएका एजेण्डाहरु लिएर न्यायपालिकालाई सुधार्न लागि पर्ने बताउनुभयो ।