१९ भाद्र २०८३, शुक्रबार
,
Latest
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अश्विनले तोडे कपिल देवको कीर्तिमान



अ+ अ-

एजेन्सी । भारत र श्रीलंकाबीच मोहालीमा भइरहेको पहिलो टेस्टमा टीम इन्डिया बलियो स्थितिमा पुगेको छ । 

भारतले श्रीलंकालाई फलोअन दिएको छ । श्रीलंका पहिलो इनिङ्समा १७४ रनमा अलआउट भएको थियो । श्रीलंकाका लागि पथुम निसान्काले अविजित ६१ रन बनाए । भारतका लागि रविन्द्र जडेजाले ५ विकेट लिए । आर अश्विन र जसप्रित बुमराहले २–२ विकेट लिए ।

फलोअन खेलेको श्रीलंकाले अहिलेसम्म ७ विकेट गुमाएर १४० रन बनाएको छ । लसिथ एम्बुल्डेनिया र निरोशन डिकवेला क्रिजमा छन् । पाहुना टोली भारतसँग अझै २६० रन पछाडि छ ।

स्टार अफ स्पिनर आर अश्विन टेस्ट क्रिकेटमा भारतका लागि सर्वाधिक विकेट लिने दोस्रो बलर बनेका छन् । मोहाली टेस्टको दोस्रो इनिङ्समा चरित अस्लान्का (९) को विकेट लिएर अश्विनले कपिल देव (४३४) को कीर्तिमान तोडेका हुन् । 

भारतीय टोलीका लागि सबैभन्दा बढी टेस्ट विकेट लिने कीर्तिमान अनिल कुम्बले (६१९) को नाममा छ।