१६ आश्विन २०८१, बुधबार
,
Latest
सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी टिकेन पुँजीबजारको उकालो यात्रा: नेप्से परिसूचक २६ अङ्कले घट्यो स्वास्थ्य मन्त्रालयको परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान ! बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा सुनसरीको तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह न्यायपालिका पुरुषप्रधान छ: सञ्चारमन्त्री गुरुङ विपद्बाट ६ अर्ब रुपैयाँ बराबरको बालिनाली नोक्शानी भयो: मन्त्री अधिकारी निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको छ,बाँकी दशैँअघि कोशिस गर्छौं: अर्थमन्त्री पौडेल न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न विशेष जोड दिनेछु: प्रश्तावित प्रधानन्यायाधीश राउत आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रोफेसर मियाँको ‘मैले देखेको कतार’ सार्वजनिक



अ+ अ-

काठमाडौं । आफ्नो १५ वर्षको कतार बसाईको अनुभव समेटेर प्राध्यापक डा.मोहम्मद रमजान अलि मियाको ‘मैले देखेको कतार’ पुस्तक सार्वजनिक भएको छ।

सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनले पुस्तकको विमोचन गरे। पुस्तक बिमोचन कार्यक्रममा रुपमा बोल्दै उपराष्ट्रपति नन्दबहादुर पुनले पुस्तकमा लेखकले नेपाल र कतारको कुटनैतिक, आर्थिकलगायतको सम्बन्धहरु र नेपाली कामदारले कतारलाई समृद्द बनाउन गरेको योगदानहरुको चर्चा गरेकोले कतारका बारे जान्न चाहनेलाई यो पुस्तक अति उपयोगी हुने बताए।

ओमनबाट भर्खरै कार्यकाल सकेर फर्किएकी पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले यो पुस्तकले कतारका सत्य बोले पनि सबै अरब रास्ट्रहरुको समग्र चित्रण गरेको बताइन्। 

पुस्तकमा कतारमा रहेका नेपालीहरुको इतिहास, नेपाली श्रमिकको योगदान, कतारको इतिहास लगायतका विषय समेटिएको लेखक प्रा. मियाँले बताए। उनले प्राकृतिक रुपमा सबै कुराहरु भएर पनि बिकासमा केही नभए जस्तो नेपाल र प्राकृतिक रुपमा केही कुराहरु मात्र भएर पनि बिकासमा सबै भए जस्तो कतारमा सन २००७ अप्रिल पछि देखेका कुरालाई समेटेको बताए। कतार नेपालको असल मित्र र दुख सुखको हितैषी भएको र नेपाल पनि समृद्ध कतार निर्माणको सहयात्री एवं पार्टनर भएको हुनाले  नेपाली श्रमिकले कतारको निर्माणमा दिएको योगदानको उच्च मुल्यांकन हुनु पर्ने बताए।पुस्तक नेपाल कतार जोड्ने महत,कडि भएको मियाले बताए।

‘मैले देखेको कतार’ पुस्तकलाई घोस्ट राइटिङ नेपालले पुस्तकलाई प्रकाशन गरेको छ भने यस पुस्तकको अरबिक र अंग्रेजी संस्करण पनि छिट्टै आउने अध्यक्ष कमल ढकालले बताए।

लेखकको यो ३७ औं कृति हो । कतारबारे मात्रै उनले १० वटा पुस्तक प्रकाशन गरिसकेका छन्।