१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी

पोखरा हवाई सञ्जालमार्फत पाँच प्रदेशका ठूला शहरसम्म जोडिँदै (भिडियो रिपोर्ट)

पोखरा हवाई सञ्जालमार्फत पाँच प्रदेशका ठूला शहरसम्म जोडिँदै (भिडियो रिपोर्ट)
अ अ+ अ-

पोखरा । पोखरा विमानस्थलबाट हुने हवाई सेवा देशका सातवटा ठूला शहरसम्म विस्तार भएको छ । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनि बुद्ध एयरले पोखरालाई सातवटा ठूला शहरमा हवाई सञ्जालमार्फत जोडेको हो । बुद्धले सातौँ शहरको रुपमा शनिवार पोखरा–जनकपुर सिधा हवाई उडान शुरु गरेपछि मधेस प्रदेशसँगको पहुँच सहज भएको छ । बुद्धले साताको तीनदिन पोखरा–जनकपुर रुटमा उडान गर्ने बताएको छ ।

बुद्धका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले पोखरा–जनकपुर सातामा तीनदिन ९शनिवार, सोमवार र बुधवार० उडान गर्ने जानकारी दिनुभयो । पहिलो चरणमा सातामा तीनदिन र यात्रु संख्या बढ्दै गएमा दैनिक उडान गर्ने बुद्धको योजना रहेको पनि बताउनु भयो । बुद्धले १८ सिट क्षमताको जहाजबाट उडान शुरु गरेको छ ।  स्टेशन म्यानेजर बरालले भन्नुभयो, ‘आजबाट हामीले पोखराबाट जनकपुरमा फ्लाइट शुरु गर्यौं। अब हामीले निकट भविष्यमा विराटनगर र भद्रपुर शुरु गर्दैछौँ । अहिले सामान्यतया प्यासेन्जर फ्लो धेरै राम्रो छ । अधिकांश प्यासेन्जर नेपाली नै छन्  । विदेशीहरु आएको अवस्था छैन । भिडपछि प्यासेन्जरको फ्लो कम हुन्छ कि भन्ने थियो तर राम्रो भएको छ । कोभिड भन्दा अगाडिको स्थितिमा आइसकेको छ । बुद्धको पोखरा–काठमाडौं १२ वटा फ्लाइट हुन्छ । धनगढी, भैरहवा, जनकपुर, भरतपुर सिमरा गरेर १७ वटा फ्लाइट गर्दछौँ । सबै एयरलाइन्सको गरेर २१ वटा फ्लाइट छ । १२ सय जना प्यासेन्जर हुन्छन्  ।’

बुद्धको पोखरा–जनकपुरको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टिम जनकपुर गएको थियो । पोखरा–जनकपुरको उडानमा प्रतियात्रुु सबैभन्दा बढी ९ हजार ३ सय ६० र सबैभन्दा कम ४१ सय रुपैयाँ भाडा तोकिएको छ । पोखरा–जनकपुर ५० मिनेटको हवाई यात्रा हुने बरालले बताउनु भयो । बुद्धले पोखराबाट काठमाडौं सहित ठुला सहरसम्म सिधा हवाई उडान सञ्जाल बिस्तार गरेसँगै आन्तरिक पर्यटकको पोखरा आउजाउ बढने पनि बताइएको छ ।