१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ मा ६ सदस्यीय मन्त्रिपरिषद, को-को बन्दैछन् मन्त्री ?



अ+ अ-

विराटनगर। प्रदेश १ मा आज (मंगलबार) मुख्यमन्त्रीसहित चार मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिने भएका छन् । 

मुख्यमन्त्री राजेन्द्र राईसमेत गरी नेपाली कांग्रेसबाट २ जना, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट १–१ जना मन्त्रीले सपथ ग्रहण गर्न लागेका हुन् । 

जसमा काङ्ग्रेसबाट केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार मन्त्री,  माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्री बन्ने बताइएको छ । 

यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी कृष्णकुमारी तुम्बाहाङ्फेलाई सामाजिक विकास राज्यमन्त्री बनाइने बताइएको छ ।